शनिबार, कात्तिक १, २०८२

बक्सिंग संघ ६ महिनाभित्रै निर्वाचनमा जाने

अध्यक्ष राम अवालेको सभापतित्वमा बसेको संघको पूर्ण कार्यसमिति बैठकले आगामी छ महिनामा निर्वाचनमा जाने निर्णय गरेका संघले जानकारी दिएको हो।
 |  शुक्रबार, पुस १५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

काठमाडौं- नेपाल बक्सिंग संघ आगामि छ महिनाभित्रै निर्वाचनमा जाने भएको छ। अध्यक्ष राम अवालेको सभापतित्वमा बसेको संघको पूर्ण कार्यसमिति बैठकले आगामी छ महिनामा निर्वाचनमा जाने निर्णय गरेका संघले जानकारी दिएको हो।

Kumaribank

उक्त बैठक सञ्चालनपुर्व बक्सिंगको दिगो विकासमा अग्रजहरुको सल्लाह सुझाव पनि लिइएको संघले जनाएको छ। संघका संस्थापक अध्यक्ष विष्णु गोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा नेपाल बक्सिंग संघका पुर्व अध्यक्ष उमेश मास्के, निवर्तमान अध्यक्ष राजीव श्रेष्ठ लगायतले आफ्नो राय व्यक्त गरेका थिए। 

उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष तथा संस्थापक अध्यक्षहरुले बक्सिंगको दीगो विकासका लागि बक्सिंग विकासका लागि एकताबद्ध भएर अगाडि बढनुपर्ने सुझावहरु प्रस्तुत गरेका थिए। 

कार्य समितिको बैठकले आगामी संघको अधिवेशन आजका मितिले ६ महिना भित्र खेलकुद ऐन २०७७ को विधान बमोजिम अधिवेशन गर्ने निर्णय सर्वसम्मत निर्णय गरेरेको र यसका लागि राखेपमा आवश्यक पत्राचार गरि मितिलिने निर्णय गरिएको हो।

साथै संघका सम्पुर्ण पदाधिकारी, सदस्यहरु, संघका सस्थापक अध्यक्ष, पुर्व अध्यक्षहरु पुर्व प्रमुख प्रशिक्षकहरु तथा रेफ्रिजजहरुले बक्सिंग विकास र एकताको निम्ति हात उठाएर एक्यबद्धता जाहेर गरेका थिए। उपस्थित भेलाले उनिहरुको समर्थनप्रति हर्षोल्लासका साथ तालि बजाएर समर्थनका जनाएका थिए।

Metro Mart

प्रकाशित: Dec 30, 2022| 20:46 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।