बाजुरा- बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाको कार्यालयमा आगजनी भएको छ। बिहीबार राति नगरपालिकाको मूलढोका र अगाडि राखिएको जेनेटरमा आगजनी भएको प्रहरीले जनाएको छ।
नगरपालिकाको नयाँ भवनअगाडि राखिएको जिआइजेट संस्थाको गाडी तोडफोड भएको छ। रातको समयमा कसले अगजनी गर्यो भन्नेबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सूर्यबहादुर थापाले बताए।
नगरप्रमुख जनककुमार बोहोराले नगरपालिकाको राम्रो कामप्रति प्रतिशोध साधेर आगजनी र तोडफोड भएको बताए।