बुधबार, साउन १४, २०८२

दुई दशकमा मारिए १७ सय पत्रकार

सन् २००३ देखि २०२२ सम्मका दुई दशक विशेषगरी सूचनाको अधिकार सेवामा कलम चलाइरहेकाका लागि घातक दशक सावित भएको मिडिया अधिकारकर्मीको धारणा।
 |  शुक्रबार, पुस १५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

vianetvianet

काठमाडौं– विगत २० वर्षमा विश्वभर करिब १ हजार ७०० पत्रकार मारिएको विवरण प्रकाशित भएको छ। रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले प्रकाशित गरेको अध्ययनमा यस्तो खुलासा भएको हो। सन् २००३ देखि २०२२ सम्मका दुई दशक ‘विशेषगरी सूचनाको अधिकार सेवामा लागेकाका लागि घातक दशक’ भएको पेरिसस्थित मिडिया अधिकारकर्मीले बताएका छन् ।

आरएसएफका महासचिव क्रिस्टोफ डेलोयरले भने, ‘तथ्यांकका पछाडि आफ्नो जीवनको मूल्य चुकाएका, सूचना संकलन, सत्यको खोजी र पत्रकारिताप्रतिको उनीहरूको अनुहार रहेको छ।’ आरएसएफका अनुसार इराक र सिरिया पत्रकारका रुपमा काम गर्न सबैभन्दा खतरनाक देश भएका र पछिल्लो २० वर्षमा कुल ५७८ जना पत्रकार मारिएका छन्। यो विश्वभर विगत दुई दशकमा मारिएका कुल पत्रकारको एक तिहाइ बढी हो।

त्यसपछि मेक्सिकोमा १२५, फिलिपिन्समा १०७, पाकिस्तानमा ९३, अफगानिस्तानमा ८१ र सोमालियामा ७८ पत्रकारको मृत्यु भएको छ। सिरियामा भएको युद्धका कारण यो दुई दशकभित्र सन् २०१२ र २०१३ मा सबैभन्दा धेरै पत्रकार मारिएका थिए। त्यसैले यो वर्षलाई ‘सबैभन्दा अँध्यारो वर्ष’ का रूपमा हेर्ने गरिएको छ। सन् २०१२ मा १४४ र त्यसको एक वर्षपछि १४२ जनाको हत्या भएको प्रतिवेदनमा उल्लेख छ।

यो रेकर्डको क्रमिक गिरावटपछि र सन् २०१९ पछि पत्रकारको हत्यामा उच्च कमी देखिएको थियो। तर सन् २०२२ मा रुस–युक्रेनबीचको युद्धका कारण मृत्यु हुनेको संख्या फेरि बढेको छ। सन् २०२१ मा ५१ जना पत्रकारको हत्या भएकामा यस वर्ष अहिलेसम्म ५८ जना मारिएका छन्।

गत फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेयता आठ जना पत्रकारको हत्या भइसकेको छ। अघिल्लो १९ वर्षमा भएको कुल १२ पत्रकारको  हत्यासँग तुलना गर्दा यो अत्यधिक संख्या र जोखिमयुक्त वर्ष हो। विगत २० वर्षमा २५ जना पत्रकारको हत्या भइसकेको रुसपछि युक्रेन अहिले सञ्चार माध्यमका लागि युरोपको सबैभन्दा जोखिमयुक्त मुलुक हो।

‘राष्ट्रपति भ्लादिमिर पुटिनले सत्ता सम्हालेदेखि रुसमा प्रेस स्वतन्त्रतामाथि व्यवस्थित र घातक आक्रमण भएका आरएसएफको हरेक वर्षको रिपोर्टमा उल्लेख हुँदै आएको छ। यसमा अन्ना पोलिट्कोभस्कायाको ७ अक्टोबर २००६ मा भएको हत्या पनि समावेश छ’, अधिकारवादी समूहले भनेको छ।

सन् २०१५ मा पेरिसबाट प्रकाशित हुने व्यंग्यात्मक साप्ताहिक पत्रिका चार्ली हेब्दोमा भएको नरसंहारका कारण टर्की तेस्रो सबैभन्दा खतरनाक स्थानमा परेको थियो भने फ्रान्स दोस्रो स्थानमा थियो। पत्रकारले सशस्त्र द्वन्द्व भएका क्षेत्रमा विश्वव्यापी रूपमा सबैभन्दा बढी जोखिम उठाएका छन्।

आरएसएफको रिपोर्टमा भनिएको छ, ‘आधिकारिक रूपमा कुनै युद्ध नभएका देश पत्रकारका लागि सुरक्षित छैनन् र तीमध्ये केही हत्या भएका देशको सूचीको शीर्ष स्थानमा छन्। वास्तवमा विगत दुई दशकमा ‘युद्धग्रस्त क्षेत्र’ मा भन्दा शान्ति क्षेत्र भनिएका स्थानमा धेरै पत्रकार मारिएका छन्। अधिकांश घटनामा उनीहरू संगठित अपराध र भ्रष्टाचारको अनुसन्धान गरिरहेको समय मारिएको देखिन्छ।’

अमेरिकी राज्यमा मेक्सिको, ब्राजिल, कोलम्बिया र होन्डुरसमा भएका पत्रकारको हत्यामध्ये आधाजसो अमेरिकामा भएको छ। आरएसएफले भनेको छ, ‘अमेरिका सञ्चार माध्यमका लागि विश्वको सबैभन्दा जोखिमयुक्त महादेश बनेको छ।’–एजेन्सी

प्रकाशित: Dec 30, 2022| 16:16 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।