शुक्रबार, वैशाख २५, २०८३

शाली नदीमा श्रीस्वस्थानी व्रतको तयारी पूरा

२२ पुसदेखि २२ माघसम्म सञ्चालन हुने व्रत तथा मेलाको सम्पूर्ण तयारी पूरा भएको हो।
 |  शुक्रबार, पुस १५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

काठमाडौं– काठमाडौंको शंखरापुर नगरपालिकामा अवस्थित साँखुमा हरेक वर्ष लाग्दै आएको श्रीमाधव नारायण–श्रीस्वस्थानी व्रत तथा एक महिने शालीनदी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ।

National life

शुक्रबार पत्रकार सम्मेलन गर्दै श्रीमाधवनारायण श्रीस्वस्थानी व्रत तथा शालीनदी सुधार समिति अध्यक्ष बालकृष्ण श्रेष्ठले यस्तो बताएका हुन्। २२ पुसदेखि २२ माघसम्म सञ्चालन हुने व्रत तथा मेलाको सम्पूर्ण तयारी पूरा भएको हो।

अध्यक्ष श्रेष्ठले शालीनदीमा एक महिने व्रत बस्न चाहने व्रतालुको अधिक सेवा–सुविधाका लागि पहिले नै लगत संकलन गर्न नाम दर्ताको व्यवस्था गरिएको बताए। व्रतालुलाई साँखुबाट बाहिर परदेश (पशुपति, फर्पिङ, पनौती र चाँगुनारायण स्थान) लगिने क्रममा आवश्यक सरसामान ओसार्न गाडीको व्यवस्था गर्ने, आवश्यक सरसहयोगका लागि नेपाल स्काउट सक्व क्रुलगायत बन्दोबस्तीका सामानसहित स्वयंसेवक परिचालित गरिनेछ। 

साँखु शालीनदी पुग्न पर्याप्त बस व्यवस्था गर्ने, प्रत्येक गाडीमा भाडादरसमेत टाँसेर सेवा–सुविधा दिने, सुरक्षाका लागि शाली नदी परिसरभित्र विभिन्न स्थानमा सिसीटिभी क्यामेरा व्यवस्था मिलाउनुका साथै सामुदायिक प्रहरी सेवा केन्द्र तथा महानगरीय प्रहरी प्रभाग साँखुको टोली परिचालन गरिने श्रेष्ठले जानकारी दिए। 

यस्तै, भक्तजनका लागि स्वास्थ्यकर्मीसहितको प्राथमिक उपचार कक्ष राखी निःशुल्क रुपमा औषधोपचार व्यवस्था गरिने, भक्तजनका लागि निःशुल्क खानेपानी वितरण गरिने, कोभिडको जोखिमलाई ध्यानमा राख्दै निःशुल्क मास्क वितरण गरिने अध्यक्ष श्रेष्ठले बताए। 

मेलामा देश तथा विदेशबाट ३० देखि ३५ लाखसम्म धार्मिक पर्यटक आउने शालीनदी सुधार समितिको अपेक्षा छ। शालीनदीमा परापूर्वकालदेखि एक महिनासम्म चल्दै आएको कठिन व्रत र धार्मिक मेला यो वर्ष २२ पुसदेखि २२ माघसम्म सञ्चालन हुँदै छ।

प्रकाशित: Dec 30, 2022| 17:55 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।