बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विदेशी लगानीकर्ता र कामदारले एक वर्षमा लगे साढे २२ अर्ब

विदेशी लगानीकर्ता र कामदारले एक वर्षमा लगे साढे २२ अर्ब

गत आर्थिक वर्षमा नेपालमा गरेका विदेशी कम्पनी तथा कामदारले २२ अर्ब ५५ करोड रुपैयाँ फिर्ता लगेका छन्।
 |  शुक्रबार, पुस १५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

काठमाडौं– गत आर्थिक वर्षमा नेपालमा गरेका विदेशी कम्पनी तथा कामदारले २२ अर्ब ५५ करोड रुपैयाँ फिर्ता लगेका छन्। सो रकम नेपालमा लगानीको साँवा र व्याज, विदेशी लगानीबाट आर्जित लाभांश, प्रविधि हस्तान्तरणबापतको रोयल्टी तथा विदेशी लगानीसँग सम्बन्धित विभिन्न शुल्कहरू रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

National life

गत आर्थिक वर्षमा ७ अर्ब ३४ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्राप्त भएको छ, जुन नेपालबाट फिर्ता लगिएको रकमभन्दा तीन गुणाले कम हो। 

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा ४३ अर्ब २ करोड रुपैयाँ बराबरको वैदेशिक ऋण भित्र्याउन अनुमति दिइएको छ। गत एक वर्षमा १० अर्ब ८४ करोड रुपैयाँ बराबरको विदेशी लगानी र ३९ अर्ब २ करोड बराबरको विदेशी ऋणको नेपाल राष्ट्र बैंकमा लेखांकन भएको छ। राष्ट्र बैंकले विदेशी ऋण र लगानीको लेखांकन नगरेमा नेपालमा कमाएको रकम विदेश लैजान रोक्ने चेतावनी सहितको वैदेशिक सहायता कार्यविधि जारी गरेपछि राष्ट्र बैंकमा लेखांकन हुन थालेको हो। 

आर्थिक वर्ष २०७८–७९ मा निर्यात व्यापारलाई प्रोत्साहन गर्ने उद्देश्यले निर्यातकर्ता फर्म, कम्पनी वा संस्थाहरूलाई वाणिज्य बैंकहरूबाट भुक्तानी भएको रु. १ अर्ब ४२ करोड बराबरको निर्यातमा नगद अनुदान रकमको शोधभर्ना उपलब्ध गराइएको राष्ट्र बैंकले जनाएको छ। 


प्रकाशित: Dec 30, 2022| 14:06 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्