शुक्रबार, वैशाख २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरी मुख्यालय पुगेर गृहमन्त्री लामिछानेले भने– सरुवा-बढुवा हुन नेताका घरदैलो गए कारबाही

प्रहरी मुख्यालय पुगेर गृहमन्त्री लामिछानेले भने– सरुवा-बढुवा हुन नेताका घरदैलो गए कारबाही

लामिछाने गृहमन्त्री बनेपछि पहिलो पटक निरीक्षणका लागि प्रहरी मुख्यालय पुगेका हुन्।
 |  शुक्रबार, पुस १५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी कर्मचारीले सरुवा–बढुवाका लागि नेताहरुका घरदैलो धाएको जानकारी पाए कारबाही गरिने चेतावनी दिएका छन्।

National life

शुक्रबार प्रहरी प्रधान कार्यालय नक्साल पुगेर गृहमन्त्री लामिछानेले प्रहरी कर्मचारीको सरुवा र बढुवा मापदण्ड बाहिरबाट नहुने बताएका हुन्।

लामिछाने गृहमन्त्री बनेपछि पहिलो पटक निरीक्षणका लागि प्रहरी मुख्यालय पुगेका हुन्। ‘सरुवा र बढुवाका लागि नेताका घर–घर जाने कुरा अन्त्य गरिनेछ। हाम्रोभन्दा पनि राम्रो मान्छे प्राथमिकतामा पर्नेछन्,’ उनले भने।

राम्रो काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत र आचरण विपरितका क्रियाकलाप गर्नेलाई दण्डित गरिने उनले स्पष्ट पारे। गृहमन्त्री लामिछानेले भने, ‘हिजोका दिनमा जे–जे भए भए पनि आगामी दिनमा कसैले कानुनी विपरीतका क्रियाकलाप नगरोस्।’ उनले प्रहरीको सेवा, सुविधा, रासन र तलब स्केल सबैको पुनरवलोकन गरिने जानकारी दिए।

उक्त अवसरमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरीमा सरुवा, बढुवाका लागि मापदण्ड बनाइएकाले त्यसलाई अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित: Dec 30, 2022| 14:05 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।