शुक्रबार, फागुन २९, २०८२

कोभिडविरुद्धको वाई भ्यालेन्ट खोपलाई विभागको अनुमति

अनुमतिसँगै नेपालमा फाइजरको नयाँ खोप ल्याउन सहज हुनेछ।
 |  शुक्रबार, पुस १५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

काठमाडौं– औषधी व्यवस्था विभागले कोभिड–१९ विरुद्ध बुस्टर डोजका लागि फाइजरको वाई भ्यालेन्ट खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । 

National life

अनुमतिसँगै नेपालमा फाइजरको नयाँ खोप ल्याउन सहज हुनेछ। विभागका प्रवक्ता सन्तोष केसीले औषधी सल्लाहकार समितिको ५४औं बैठकले वाई भ्यालेन्ट खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको जानकारी दिए। 

नेपालमा फाइजरको नयाँ खोप आउने भएपछि स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखाले आपतकालीन प्रयोगका लागि औषधि सल्लाहकार समितिसँग अनुमति मागेको थियो। विश्व स्वास्थ्य सङ्गठनले फाइजरको वाई भ्यालेन्ट खोपलाई आपतकालीन प्रयोगको सूचीमा राखेको छ। हाल उक्त खोप विश्वका ३२ देशमा बुस्टरका रूपमा प्रयोग भइसकेको छ। 

राष्ट्रिय खोप सल्लाहकार समितिले समेत सिफारिस गरेको खोपलाई औषधी सल्लाहकार समितिले बुस्टर डोज प्रयोगका लागि अनुमति दिएको हो, केसीले भने, ‘अब उक्त खोप नेपालमा ल्याएर प्रयोग गर्न सकिन्छ।’

प्रकाशित: Dec 30, 2022| 17:20 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्