काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय नरेन्द्र मोदीकी आमा हिराबेन मोदीको निधनप्रति दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार एक शोक सन्देशमार्फत प्रधानमन्त्री मोदी र उनको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै उनले दिवंगत हिराबेनको आत्माको चिरशान्तिको कामना पनि गरेका छन्।
भारतीय प्रधानमन्त्री मोदीकी आमा हिराबेनको आज ९९ वर्षको उमेरमा निधन भएको हो। मोदीले आमाले शानदार शताब्दी उमेर जिएको भन्दै भावुक ट्विट लेखेका छन्।