बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विदेशबाट मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

विदेशबाट मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका छन्।
 |  शुक्रबार, पुस १५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका छन्। 

National life

१५ पुस २०७९ बाट विदेशबाट नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने सरकारको निर्णय कार्यान्वयन हुन लागेको थियो। तर, यस निर्णयको सर्वत्र विरोध भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री विष्णु पौडेललाई उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका हुन्। 

विदेशबाट फर्किंदा एक थानभन्दा बढी मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयले वैदेशिक रोजगारीमा गएका नेपालीलाई आहात र केही व्यापारी घरानालाई फाइदा दिएको भन्दै सरकारको चर्काे आलोचना भइरहेको थियो। 

तर, शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री विष्णु पौडेललाई तत्काल उक्त निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुन्। 

प्रधानमन्त्री प्रचण्डको निर्देशनसँगै तत्काललाई सो निर्णय कार्यान्वयन नहुने भएको छ। 

Shivam cement

१५ पुस शुक्रबारबाट सरकारले एक थानभन्दा बढी मोबाइल ल्याए १८ प्रतिशत कर लिने गरी कडाइ गरेको थियो।

प्रकाशित: Dec 30, 2022| 12:14 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्