काठमाडौं– जारी पहिलो संस्करणको नेपाल टी२० लिग पुरुष क्रिकेटमा लुम्बिनी अल स्टारले जितका लागि काठमाडौं नाइट्सलाई १५१ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५० रन बनायो।
उसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रनको योग्दान दिए। यस्तै, लाहिरु मिलन्थाले २५ रन, कुशल भुर्तेल १९, अनिल शाह १३ रनमा आउट हुँदा हरमित सिंहले १२ रन बनाए। काठमाडौंका लागि अजमतुल्लाह उमरजाईले २ तथा अभिनाश बोहरा, एलेक्स ब्लेक, सुनाम गौतम र अनिल खरेलले समान १ विकेट लिए।
अपराजित लुम्बिनी ४ खेलमा ८ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। तीन खेलमा दुई जित हात पारेको काठमाडौं ३ खेलमा ४ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ।