बुधबार, साउन १४, २०८२

गमगढी-बालै सडक झन्डै दुई महिनापछि सञ्चालनमा

मुगुस्थित गमगढी–बालै सडक झन्डै दुई महिनापछि सञ्चालनमा आएको छ।
 |  शुक्रबार, पुस १५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

vianetvianet

सुर्खेत- मुगुस्थित गमगढी–बालै सडक झन्डै दुई महिनापछि सञ्चालनमा आएको छ। असोज तेस्रो साताको पहिरोले अवरुद्ध बनेको सडकमा पहिरो र ढुंगा पन्छाएपछि सडक सञ्चालनमा ल्याइएको हो। 

सडक अवरुद्ध हुँदा छायानाथ रारा नगरपालिकाका स्थानीयलाई दैनिक उपभोग्य वस्तु ढुवानी गर्न र विद्यालय आउजाउमा विद्यार्थीलाई कठिनाइ भएको थियो। छायानाथ रारा नगरपालिका–१ की रतिवान नेपालीले सडक सञ्चालनपछि स्थानीयवासीलाई सुविधा पुगेको बताए।

सडक सञ्चालनसँगै गाउँमा उत्पादित कृषि उपज सदरमुकाम र जिल्लाबाहिर निकासी हुन थालेको छ। स्थानीय रामकृष्ण भामले स्थानीय उत्पादन कोदो, सिमी, फापर र धान जिल्लाबाहिरका व्यापारी आएर किनबेच हुन थालेको बताए।

सडक सञ्चालनपछि बालुवा, गिट्टी र ढङ्गासमेत बिक्री बढेको छ। स्थानीयस्तरमा विकास–निर्माणमा प्रयोग हुने सामग्री ढुवानी गर्नमा सहजता भएको छायानाथ रारा पालिका–६ का स्थानीय  कुल कुलालले बताए। 

गमगढी–बालै सडक खुलाउन करिब एक हप्ता लागेको थियो। छायानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले नगरपालिकाको सहकार्यमा भौतिक पूर्वाधार विकास कार्यालयसँग सहकार्य गरी सडक सञ्चालनमा आएको हो। उक्त सडक स्तरोन्नति गरी कालोपत्रे गर्न प्रदेश र संघीय सरकारसँग पहल गरिरहेको उनको भनाइ छ। - न्युज कारखाना

प्रकाशित: Dec 30, 2022| 11:38 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।