बुधबार, साउन १४, २०८२

मकवानपुरमा सवारी दुर्घटना, चार जना गम्भीर घाइते

धरान–चतरा खडकखण्ड अन्तरगत पर्ने मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ५ स्थित आज बिहानै सवारी दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन्।
 |  शुक्रबार, पुस १५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

vianetvianet

मकवानपुर- धरान–चतरा खडकखण्ड अन्तरगत पर्ने मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ५ स्थित आज बिहानै सवारी दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन्।

बिहान ७ बजेर ४५ मिनेको समयमा हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको ना २२ प ९९७७ नम्वरलाई मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको ना ७ ख १३५२ नम्वरको सिमेन्ट लोड गरेको ट्रकले ठक्कर दिई दुर्घटना हुँदा चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

घाइते हुनेमा ट्रक चालक बाराको निजगढ नगरपालिका–९ बस्ने अन्दाजी २५ वर्षीय सुर्यबहादुर घिमिरे, ट्रकमा सवार पहिचान खुल्न नसकेका २५ वर्षीय एक पुरुष, मोटरसाइकल चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ फुर्केचौर बस्ने अन्दाजी ३० वर्षीय बिक्रम भम्जन र मोटरासइकलमा पछाडी सवार सोही ठाउँ बस्ने अन्दाजी ३५ वर्षीया हिरामाया लोप्चन रहेका छन्।

घाइतेमध्ये ट्रक चालक घिमिरे र मोटरसाइकलमा सवार लोप्चनको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्थामा गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

यस्तै, अर्का दुई जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको पनि अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए। उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित: Dec 30, 2022| 11:29 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।