शुक्रबार, वैशाख २५, २०८३

पाटन दरबार क्षेत्रमा सवारीसाधन प्रवेशमा प्रतिबन्ध

ललितपुरको पाटन दरबार क्षेत्रमा आइतबारदेखि सवारीसाधन प्रवेशलगायत १० वटा कार्यमा रोक लगाइएको छ।
 |  शुक्रबार, पुस १५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

काठमाडौं- ललितपुरको पाटन दरबार क्षेत्रमा आइतबारदेखि सवारीसाधन प्रवेशलगायत १० वटा कार्यमा रोक लगाइएको छ। विदेशी पर्यटकको संख्या बढिरहेका वेला सवारीसाधन प्रवेशलगायतका गतिविधिले अवरोध गरेको भन्दै ललितपुर महानगरले १० वटा कार्यमा रोक लगाएको हो। 

National life

ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेंथुले सवारीसाधन निषेध, धूम्रपान र मद्यपान गर्न नपाइने, टिकटक वा अन्य व्यावसायिक भिडियो र फोटो खिच्न नपाइने, मन्दिरको वरिपरि असहज हुने गरी युवायुवती बस्न नपाइने, थर्मसमा चियालगायत खानेकुरा बेच्न नपाइने, सामाजिक तथा सार्वजनिक कार्य गर्न नपाइने, फिल्म वा म्युजिक भिडियो सुटिङ गर्न कडाइ गरिएको हो । यदि दरबार क्षेत्रमा यी गतिविधि गरेमा जरिवाना तिराइने हाछेंथुले बताए।

यस्तै पाटन दरबार क्षेत्रस्थित भीमसेन मन्दिरको अगाडि रहेको पार्किङ पनि हटाइएको छ। अब दरबार क्षेत्रमा कुनै पनि सवारीसाधन प्रवेश गराउन पाइनेछैन। 

कृष्ण मन्दिरको अगाडि रहेको दरबारको आँगनमा विभिन्न संघ–संस्थाले कार्यक्रम पनि गर्न पाउनेछैनन्। यसबाहेक ललितपुर महानगरपालिकाले पुल्चोक, जावलाखेललगायत स्थानमा धूम्रपान निषेध गरिसकेको छ।

प्रकाशित: Dec 30, 2022| 10:42 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।