शुक्रबार, वैशाख २५, २०८३

अस्पताललाई कम्बल वितरण

जोरपाटीस्थित नेपाल अर्थोपेडिक्स अस्पताललाई कम्बल सहयोग गरिएको छ।
 |  शुक्रबार, पुस १५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

National life

काठमाडौं- जोरपाटीस्थित नेपाल अर्थोपेडिक्स अस्पताललाई कम्बल सहयोग गरिएको छ। डा. राजेश राजभण्डारी र होप वर्ल्डवाइडले अस्पतालका कामु निर्देशक डा. कैलाश भण्डारीलाई ५० थान कम्बल सहयोगस्वरुप हस्तान्तरण गरे। 

अस्पतालमा उपचार गर्न आउने गरिब तथा विपन्न बिरामीका लागि उक्त कम्बल प्रयोग गरिने अस्पतालले जनाएको छ। नेपाल अर्थोपेडिक्स अस्पताल गैरनाफामूलक अस्पताल हो। 

यो अस्पताल सन् १९९८ मा खगेन्द्र नवजीवन केन्द्र र रोटरी इन्टरनेसनलले च्यारिटेबल भेन्चर्सका रूपमा स्थापना गरिएको हो। अस्पतालले ट्रमा र अर्थोका सुपरस्पेसियालिटी सेवा प्रदान गरिरहेको छ। 

प्रकाशित: Dec 30, 2022| 09:21 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।