शुक्रबार, वैशाख २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज काठमाडौंको न्यूतनम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस

आज काठमाडौंको न्यूतनम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस

आज काठमाडौंको न्यूतनम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस छ।
 |  शुक्रबार, पुस १५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

काठमाडौं- प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई ठाउँमा आज शुक्रबार हल्का पानी पर्ने अनुमान गरिएको छ। हिमाली जिल्लामा हल्का हिमपात र तराईका जिल्लामा बाक्लो हुस्सु, कुहिरोको सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताए।

National life

देशभर अधिकतम र न्यूनतम तापक्रम घटिरहेकाले चिसो बढ्दै गएको छ। चिसो हावा र बाक्लो हुस्सु कुहिरोले जाडो अझ बढाएको छ। काठमाडौंको न्यूनतम तापक्रम केही दिनअघिको भन्दा बढेको छ। तर अधिकतम तापक्रम लगातार घटिरहेको छ। अस्ति १७ दशमलव ४ डिग्री सेल्सियस रहेको काठमाडौंको अधिकतम तापक्रम हिजो १६ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ।

जाडोयाममा आकाश खुल्यो भने राति र बिहान चिसो धेरै हुन्छ। न्यूनतम तापक्रम घट्छ। यस्तै दिउँसो पारिलो घाम लागे अधिकतम तापक्रम बढ्छ तर मौसम धुम्म भए घट्छ। हिजो आंशिक बदली भएकाले अधिकतम तापक्रम घटेको मौसमविद् विनु महर्जनले बताए। 

आज काठमाडौंको न्यूतनम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस छ।

प्रकाशित: Dec 30, 2022| 08:40 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।