शनिबार, कात्तिक १, २०८२

महान् फुटबलर पेलेको निधन

विश्व प्रशिद्ध ब्राजिलियन खेलाडी पेलेको निधन भएको छ।
 |  शुक्रबार, पुस १५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

काठमाडौं- विश्व प्रशिद्ध ब्राजिलियन खेलाडी पेलेको निधन भएको छ। महान खेलाडीको रुपमा विश्व प्रख्यात कमाएका पेलेको ८२ बर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो। उनी मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित थिए।

Kumaribank

फुटबल इतिहासमा उनी सबैभन्दा प्रसिद्ध र लोकप्रिय फुटबल खेलाडीहरू मध्ये एक मानिन्छन्। २१ वर्ष लामो फुटबल करियरमा उनले १३६३ खेलमा प्रतिस्पर्धा गर्दा १ हजार २८१ गोल गरेर विश्व रेकर्ड कायम गरेका छन्। 

उनी एकमात्र फुटबल खेलाडी हुन् जसले तीन पटक विश्वकप जितेका छन्। विश्वभर उनलाई पेलेको नामले चिनिए पनि उनको पूरा नाम एडसन आरेनटेस दो नासिमेन्टो हो।

पेलेलाई गत नोभेम्बर २९ मा श्वासप्रश्वासको संक्रमण भएको थियो। पछि आन्द्रामा क्यान्सर भएको पत्ता लागेको थियो।

पेलेले उनको जीवन कालमा चारवटा बिश्व खेलेका थिए। उनले १९५८ ,१९६२ र १९७० मा सहभागी भइ १४ खेलमा १२ गोल गरेका थिए।

Metro Mart

उनले आफ्नो व्यावसायिक खेल जीवनमा १ हजार ३ सय ६३ खेलहरूमा १ हजार २ सय ८१ गोलहरू पनि गरेका थिए।

उनको निधनमा विश्वभरबाट श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। पोर्चुगलका स्टार रोनल्डो, अर्जेन्टिनी स्टार लियोनल मेस्सी र ब्राजिलकै स्टार नेयमारले पनि पेलेको निधनमा दुख व्यक्त गरेका छन्।

प्रकाशित: Dec 30, 2022| 06:58 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।