शुक्रबार, वैशाख २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हत्यामा संलग्नलाई कारबाही गर्न गृहमन्त्रीलाई अनेरास्ववियुको ज्ञापनपत्र

हत्यामा संलग्नलाई कारबाही गर्न गृहमन्त्रीलाई अनेरास्ववियुको ज्ञापनपत्र

गृहमन्त्री लामिछानेलाई अनेरास्ववियुका अध्यक्ष सुनिता बरालको नेतृत्वमा गएको टोलीले हत्यामा सङ्लग्नलाई पक्राउ गरी कारबाही गर्न माग राखेको हो।
 |  बिहीबार, पुस १४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १४, २०७९

National life

काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई अनेरास्ववियुले केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन ऐडीका हत्यारालाई कारबाहीको माग गर्दै आज ज्ञापन पत्र बुझाएको छ। 

गृहमन्त्री लामिछानेलाई अनेरास्ववियुका अध्यक्ष सुनिता बरालको नेतृत्वमा गएको टोलीले हत्यामा सङ्लग्नलाई पक्राउ गरी कारबाही गर्न माग राखेको हो। गृहमन्त्री लामिछानेले हत्यामा संलग्नलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएको अनेरास्ववियुका महासचिव समिक वडालले जानकारी दिए। 

गत मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका दिन बाजुरा जिल्ला त्रिवेणी नगरपालिका–७ स्थित मतदानस्थलमा भएको विवादमा राति आफ्नै घरमा सुतिरहेको बेला अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य ऐडीको हत्या भएको थियो। 

प्रकाशित: Dec 29, 2022| 22:30 बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।