मंगलबार, साउन १३, २०८२

उपभोक्ता ठगेको भन्दै भाटभटेनीलाई जरिवाना

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कँडेलको नेतृत्वमा खटिएको टोलीले उक्त सुपर मार्केटको एक्कासी अनुगमनमा गर्दा उक्त तथ्य फेला परेपछि सो जरिवाना गरेको हो।
 |  बिहीबार, पुस १४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १४, २०७९

vianetvianet

मकवानपुर- जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडामा सञ्चालनमा रहेको भाटभटेनी सुपरमार्केटले उपभोक्तालाई  बिलबिजकमा गलत विवरण समावेश गरको आरोपमा दुई लाख ५० हजार जरिवाना गरेको आज जनाएको छ।

कार्यालयका अनुसार सो सुपर मार्केटले बिलबिजकमा गलत विवरण समावेश गरी उपभोक्ता ठगी गरेको, उत्पादन  तथा उपभोग्य मूल्य र मिति उल्लेख नगरेको एवं चिनी तथा नुन पुनःप्याकिङ गरेको  पाइएपछि कारवाही गरिएको बताइएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कँडेलको नेतृत्वमा खटिएको टोलीले उक्त सुपर मार्केटको एक्कासी अनुगमनमा गर्दा  उक्त तथ्य फेला परेपछि सो जरिवाना गरेको हो। अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटबाट बरामद गरेको खाद्यवस्तु बिक्रीवितरणमा रोक लगाएको सहायक प्रजिअ कँडेलले बताए।

प्रकाशित: Dec 29, 2022| 21:30 बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।