शुक्रबार, फागुन २९, २०८२

कफ सिरप सेवनबाट उज्वेकिस्तानमा १८ बालबालिकाको मृत्यु

कफ सिरपको सेवनबाट उज्वेकिस्तानमा १८ जना बालबालिकाको मृत्यु भएको छ। भारतीय औषधि कम्पनी ‘मेरियन बायोटेक’ ले बनाएको सिरप खाँदा बालबालिकाको मृत्यु भएको हो।
 |  बिहीबार, पुस १४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १४, २०७९

काठमाडौं- कफ सिरपको सेवनबाट उज्वेकिस्तानमा १८ जना बालबालिकाको मृत्यु भएको छ। भारतीय औषधि कम्पनी ‘मेरियन बायोटेक’ ले बनाएको सिरप खाँदा बालबालिकाको मृत्यु भएको हो। 

National life

कम्पनीको औषधि ‘डक–१ म्याक्स सिरप’ सेवन गरेका २१ मध्ये १८ बालबालिकाको श्वासप्रश्वाससम्बन्धी गम्भीर रोगबाट मृत्यु भएको बताइएको छ। कम्पनीले आफ्नो वेबसाइटमा यो औषधि चिसो र फ्लुको उपचारका लागि भएको बताएको छ।

सिरपको एक ब्याचमा ‘इथाइलिन ग्लाइकोल’ को मिश्रण पाइएको छ‚ जुन शरीरका लागि विषाक्त पदार्थ हो। मंगलबार उज्वेकिस्तानको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त सिरप ‘क्युरम्याक्स मेडिकल’ ले आयात गरेको उल्लेख गरेको छ।

यी सिरपहरू बालबालिकालाई चिकित्सकको प्रेस्क्रिप्सनबिना र फर्मासिस्टको सल्लाहमा चाहिनेभन्दा बढी डोज दिइएको पाइएको छ। यसअघि पनि कफ सिरपको सेवानबाटै गाम्बिया र इन्डोनेसियामा १६९ बालबालिकाको मृत्यु भएको थियो।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कफ सिरपले मिर्गौलामा गम्भीर असर पारेको बताउँदै उक्त कम्पनीद्वारा निर्मित कफ सिरप नखान चेतावनी दिएको थियो। प्रतिबन्धित सिरपमा ‘प्रोम्याथेजिन ओरल सलुसन’, ‘कोफ्याक्समेलिन बेबी सिरप’, ‘मेकअफ बेबी कफ सिरप’ र ‘मेगरिप एन्ड कोल्ड सिरप’ छन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 29, 2022| 19:08 बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्