शनिबार, वैशाख २९, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपाली खेलाडीले पनि ठूलो पारी खेल्ने प्रयास गर्नुपर्छ : रोहित पौडेल

नेपाली खेलाडीले पनि ठूलो पारी खेल्ने प्रयास गर्नुपर्छ : रोहित पौडेल

यद्यपी यो प्रतियोगितामा खेल जित्ने गरिको प्रदर्शन नेपाली खेलाडीबाट आइरहेको छैन। रोहित मात्र दोस्रो खेलाडी हुन् जो प्लेयर अफ दि म्याच बनेका छन्।
 |  बिहीबार, पुस १४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १४, २०७९

काठमाडौं- काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–२० लिगमा नेपाली खेलाडी खासै चल्न सकेका छैनन्। यद्यपी आज विराटनगर सुपर किंग्सले पोखरा एभेन्जर्सलाई हराउने क्रममा रोहितले ७० रनको ठूलो पारी खेले।

triton college

यद्यपी यो प्रतियोगितामा खेल जित्ने गरिको प्रदर्शन नेपाली खेलाडीबाट आइरहेको छैन। रोहित मात्र दोस्रो खेलाडी हुन् जो प्लेयर अफ दि म्याच बनेका छन्।  

‘नेपाली खेलाडीको प्रदर्शन त्यस्तो खास भएको छैन। ललित दाईले राम्रो प्रदर्शन गरिरहनु भएको छ। तर सबैको लागि यो अवसर हो। ठूलो स्टेजमा प्रदर्शन गर्नका लागि। ओभरअलमा सबैले राम्रो खेलुन् भन्ने हामीले सोचेका छौं,’ राष्ट्रिय टिमका कप्तान समेत रहेका रोहितले भने।

उनले अगाडि भने, ‘सुरुमा मेरो पनि २० रन ३० रन मात्र आइहेको थियो। त्यसले गर्दा राम्रो भएन। यो खेलमा प्रदर्शन भएको छ, यसलाई अघि लिएर जाने हो।’

नेपालको घरेलु मैदानमा नेपाली कप्तानकै ब्याटबाटै रन बन्न नसक्नु नेपाली खेलाडीको लागि दुर्भाग्यकै कुरा हो। यस्तोमा कुनै एउटा खेलाडीबाट रन बन्न वा नबन्ने कुरा भन्दा पनि सबैको समग्र प्रदर्शन गरेर हेर्नुपर्ने रोहित बताउँछन्।

corrent noodles
Metro Mart

‘हाम्रा खेलाडीहरुले १० वा १५ रन बनाइरहेको छन्। तर पाएको अवसरलाई उनीहरुले सदुपयोग चाहिँ गर्न सकेका छैनन्। कुशल दाईले पनि ३० हानेको हो,’ रोहितले अगाडि भनेका छन्, ‘विकेट पहिलेको जस्तो छैन। हामीले विग हान्न जानुपर्छ भन्ने लागेको छ।’

उनले प्रदर्शन गर्न सक्ने क्षमता भएका तर यो खेलमा चल्न नसकिरहेका खेलाडीले आफ्नो प्रशिक्षक र कप्तानसँग कुरा गरेर आफ्ना कमजोरीलाई चाँडै सुधार गर्नुपर्ने सुझाव दिएका छन्। 

अहिले लिगका खेलहरुमा विराटनगरले चार खेल खेलेको छ। पहिलो खेलमै हार बेहारेको विराटनगरले आज तेस्रो जित निकालेको छ। उसले जित निकालेसँगै लिग तालिकाको चौथो स्थानमा छ। १० खेल हुने लिगमा उनले पुनरागमन गर्ने अझै धेरै अवसर रहेको बताएका छन्।

‘ब्याटिन गर्नका लागि सुरुमा गाह्रो भएको थियो। खासमा स्पिनर्स खेल्नको लागि गाह्रो भएको हो। किनभने बल रोकिएर आइरहेको थियो। त्यो बाहेक विकेट राम्रो थियो,’ रोहितले टियू मैदानको बदलिँदो पिचबारे भनेका छन्।

टियू मैदानमा गएको डिसेम्बर २४ बाट हरेक दिन दुई खेलभइरहका छन्। यसकारण त्यहाँका पिच अहिले निकै खराब भइरहेको पनि छ। त्यसैले पिचले दिनै नयाँ नयाँ भेरिएसन देखाइरहेको खेलाडीले बताउन थालेका छन्।

यता, जारी लिगमा आयोजकले सोचेजति दर्शक पनि आएका छैनन्। यो प्रतियोगितामा स्टार खेलाडीहरु नभएको कारण पनि धेरै दर्शन आएका छैनन्। यसअघिका धेरै घरेलु प्रतियोगितामा नेपालमा समर्थक धेरै आउने गर्दथे। तर यो प्रतियोगितामा आएका छैनन। त्यसको कारण राष्ट्रिय टिममा भएकै खेलाडीले पनि राम्रो नखेल्दा यस्तो भएको हुनसक्ने रोहित बताउँछन्। ‘अहिले सजिलो समय पनि त चलिरहेको छैन्। हामीलाई फर्मममा ब्याक हुनुछ। सायद हामीले राम्रो प्रदर्शन गर्न नसकेर पनि दर्शकहरु नआउनु भएको होला,’ उनले भने।

अहिले खेलमा कमजोर प्रदर्शन भइरहे पनि पछि राम्रो गर्ने उद्देश्य रहेको उनले बताएका छन्। ‘विराटनगरको स्थानीय र विदेशी खेलाडी हेर्दा सन्तुलित टिम रहेको छ। नेपाली खेलाडीहरुले स्टेपअप गर्नुपर्छ। हाम्रो टिममा नेपाली खेलाडीले स्टेपअप गर्यो भने प्रतियोगिता जित्न सक्छौं,’ रोहितले भनेका छन्।

सिकन्दरले अहिलेसम्म दुई खेल गुमाइसकेको छन्। तर अब अर्को खेलमा उनी आउन सक्ने रोहितले बताए।

प्रकाशित: Dec 29, 2022| 19:00 बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।