मंगलबार, साउन १३, २०८२

पाँच महिनामा रोजगार विभागमा परे १ हजार १९० उजुरी

इजाजतपत्र प्राप्त संस्थाबाट ठगीसम्बन्धीका ४१० उजुरीमा ६ करोड ५६ लाख ५९ हजार मागदाबी गरिएको छ।
 |  बिहीबार, पुस १४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १४, २०७९

vianetvianet

काठमाडौं– वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक ठगिने क्रमले निरन्तरता पाइरहेको छ। विगत वर्षको तुलनामा चालू आवको मंसिर मसान्तसम्म वैदेशिक रोजगारमा ठगीका घटना बढेको वैदेशिक रोजगार विभागले तथ्यांक सार्वजनिक गरेको हो।

विभागका अनुसार चालू आवको मंसिर मसान्तसम्म वैदेशिक रोजगारीमा ठगीका १ हजार १९० वटा उजुरी परेका छन्। विभागमा चालू आवको साउनदेखि मंसिर मसान्तसम्म इजाजतपत्र प्राप्त संस्थाबाट ठगिएको भन्दै ४१० उजुरी परेका छन्। त्यस्तै, इजाजतपत्र प्राप्त गरेबाहेकका संस्था तथा व्यक्तिबाट ठगिएको भन्दै ७८० उजुरी परेको विभागले विवरण सार्वजनिक गरेको छ। 

इजाजतपत्र प्राप्त संस्थाबाट ठगिएका ४१० उजुरीमा ६ करोड ५६ लाख ५९ हजार मागदाबीसहित विभागमा उजुरी दर्ता भएका छन्। तीमध्ये विभागले ६९ वटा उजुरीको १ करोड ४० लाख ८४ हजार क्षतिपूर्ति तिराएको छ भने ३ वटा उजुरीको ८ लाख ४६ हजार बराबरको मिलापत्र गराइएको छ। 

विभागमा इजाजतपत्र प्राप्त नगरेका संस्था तथा व्यक्तिले ठगी गरेको भन्दै ७८९ उजुरी परेका छन्। ती उजुरीमार्फत २८ करोड २३ लाख २० हजार क्षतिपूर्ति मागदाबी गरिएको छ । यी मध्ये १०१ वटा उजुरीमा विभागले मिलापत्र गराई ७ करोड १० लाख ६९ हजार क्षतिपूर्ति भराएको छ भने २७ वटा उजुरी वैदेशिक रोजगार न्यायाधिकरणमा दर्ता गरिएको छ। यसबाट ९ करोड ४७ लाख ६५ हजार रुपैयाँ क्षतिपूर्ति माग गरिएको छ। 

मंसिर मसान्तसम्ममा विभागले २२ वटा इजाजतपत्र प्राप्त संस्था र ४४ वटा अभिमुखीकरण संस्थाको नियमित तथा आकस्मिक अनुगमन गरेको छ। अनुगमनका क्रममा नियम विपरित गतिविधि गरेको पाइएका ६ वटा संस्था र २२ वटा अभिमखीकरण संस्थालाई वैदेशिक रोजगार ऐनबमोजिम तत्कालका लागि बन्द गरिएको विभागले बताएको छ।

प्रकाशित: Dec 29, 2022| 14:34 बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।