बुधबार, चैत ८, २०७९

अति मोहले रित्तिएका शेरबहादुर देउवा

राजनीति लिकमा गुडेको रेल जस्तो कहिले सहज हुँदैन। कुनै पार्टी तथा नेता विशेषको राजनीतिलाई अवरोध र बाधा सिर्जना भई नै रहन्छ। राजनीति आफैंमा षड्यन्त्रको पर्याय बनिसकेको छ।
 |  बिहीबार, पुस १४, २०७९

भानु बोखिम

भानु बोखिम

बिहीबार, पुस १४, २०७९

प्रचण्डसँग सहमति कायम गरेको भए पनि शेरबहादुर देउवाले तत्कालको लागि बालुवाटार छोड्नैपर्थ्यो। प्रचण्डसँगको सहमति कायम नगरी बालुवाटारमै बस्न खोज्दा पनि उनले बालुवाटार छोड्नुपरेको छ। फरक यति हो कि उनले प्रचण्डलाई बालुवाटार खाली गरिदिएको भए फेरि प्रचण्डले उनको लागि बालुवाटार छोड्ने सम्भावना अधिक हुन्थ्यो। अब पनि प्रचण्डले आधा कार्यकालपछि बालुवाटार छोड्ने नै छन्, तर त्यसपछिको प्रवेश केपी ओलीको लागि तय भएको छ।    

National life insurance

चुनावी परिणामपछि शेरबहादुर देउवामा सत्तामोह अलि बढी नै देखिएको थियो। राजनीतिज्ञलाई सत्ता मोह हुनु नौलो कुरा भने हैन। तर अति मोहले कहिलेकाहीँ मान्छेलाई रित्तो बनाउन सक्छ, जसको उदाहरण बनेका छन् शेरबहादुर देउवा। शेरबहादुरको आजको यो सत्ता मोह हिजो नै थियो, जुनबेला केपी ओलीले प्रतिनिधिसभा विघटन गरे। उनले त्यो बेला चुनाव भयो भने नेपाली कांग्रेस लोकतान्त्रिक दल भएको हिसाबले विरोध गर्न नमिल्ने बताएका थिए। तत्कालीन प्रधानमन्त्रीले जुन परिस्थितिमा प्रतिनिधिसभा विघटन गरेका थिए, त्यो हाम्रो संविधानका मर्म र उद्देश्यअनुरुप थिएन। त्यसैले कांग्रेसको एक पक्षले कुनै पनि हालतमा निर्वाचन स्वीकारेको थिएन। तर देउवाले ओलीको कदमको विरोध गरे पनि उनको मनले भने निर्वाचन चाहेको थियो।

निर्वाचन चाहनुको पछाडि लोकतान्त्रिक अभ्यास र सोच देखाए पनि मनभित्र सत्ता मोह थियो। त्यो बेला ओली सरकार आफैंमा बदनाम थियो। अर्काेतिर प्रचण्ड र ओली नेतृत्वको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एक भएर चुनावमा जान सक्ने स्थिति थिएन। यस्तो परिस्थ्तििमा निर्वाचनमा जाँदा नेपाली कांग्रेसले बहुमत ल्याउने र त्यो बहुमतको सरकारको नेतृत्व गर्ने चाहना थियो देउवामा। त्यो बेला पार्टीका इतर पक्षले झैं निरपेक्ष निर्वाचनको विरोध नगर्नुमा शेरबहादुर देउवाको सत्ता मोहले काम गरेको थियो। अन्य दलको समर्थनमा करिब डेढ वर्षका लागि प्रधानमन्त्री भए उनी। तर लामो समयको लागि सत्तारोहण गर्न चाहन्थे। उनको त्यो चाहना पछिल्लो समय प्रधानमन्त्री पद छोड्न नचाहेको अभिव्यक्तिबाट पनि प्रष्ट हुन्छ।  

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा।
बालुवाटार छोड्न नचाहेका शेरबहादुरको मनमा लोभ थियो भन्ने कुरा ऐनाजत्तिकै छर्लंग छ। तर आफ्नो चाहनालाई अरुतिर आरोप खन्याएर उम्किन खोजिरहेका छन्। उनले आफूले प्रधानमन्त्री पद प्रचण्डलाई छोेड्न चाहे पनि पार्टीका अन्य नेताले नदिएको बताउने गर्थे। तर पार्टीका ती अन्य नेताहरु को हुन्? आफ्नै पक्षका उपसभापति पूर्णबहादुर खड्का प्रचण्डलाई नै प्रधानमन्त्री बनाएर जाने पक्षमा थिए। वरिष्ठ नेता रामचन्द्र पौडेलको गुनासो पनि प्रचण्डलाई प्रधानमन्त्री नबनाएकोमै देखिएको छ। अरु कांग्रेसी नेताहरु को थिए, जो प्रचण्डलाई पहिलो कार्यकाल प्रधानमन्त्री भएको हेर्न चाहन्नथे? उनीहरुको नाम बाहिर आएको छैन। नेपाली कांग्रेसका उपल्लो तहका नेता तथा अधिकांश पदाधिकारी गठबन्धन जोगाउनुपर्छ भन्नेमा नै थिए। राष्ट्रपतिले दिएको समयसीमा घर्किंदै गर्दा देउवाले यो विषयमा पार्टीमा सल्लाह गरेको पनि देखिँदैन।

सरकार निर्माणको महत्वपूर्ण घडीमा पार्टीका महामन्त्रीहरु राजधानी बाहिरको साहित्यिक कार्यक्रममा वक्ता बनिरहेका थिए। यसको अर्थ यो कि शेरबहादुर देउवाले साथीहरुले नमानेको बहानामा आफ्नो प्रधानमन्त्री हुने चाहनालाई त्याग्न सकिरहेका थिएनन्। उनलाई प्रधानमन्त्रीको दाबी गर्न उक्साउनेमा तिनै थिए, जो अन्य समयमा पनि उनकै हनुमानका रुपमा परिचित थिए। जसले देउवा पदमा हुँदा बढी मुनाफा लिन पाउँछन्, उनीहरुले देउवालाई उक्साउनु स्वाभाविक हो। राजनीतिमा सबैले आफ्नो भक्तहरु कमाएका हुन्छन्। पटक–पटक प्रधानमन्त्री तथा पार्टीको सभापति भएका देउवाको भक्तहरु नहुने कुरा भएन। भक्तहरुको समस्या यो हो कि उनीहरु सधै प्रसंशामात्र गर्छन्। प्रसंशाले खुशी त मिल्छ, तर परिस्थितिको सही आकलन गर्ने सुझाव तथा सूचना भने मिल्दैन। अहिले यसैको शिकार भएका छन् शेरबहादुर देउवा। 

worldlink
सरकार निर्माणको महत्वपूर्ण घडीमा पार्टीका महामन्त्रीहरु राजधानी बाहिरको साहित्यिक कार्यक्रममा वक्ता बनिरहेका थिए। यसको अर्थ यो कि शेरबहादुर देउवाले साथीहरुले नमानेको बहानामा आफ्नो प्रधानमन्त्री हुने चाहनालाई त्याग्न सकिरहेका थिएनन्।

राजनीति लिकमा गुडेको रेल जस्तो कहिले सहज हुँदैन। कुनै पार्टी तथा नेता विशेषको राजनीतिलाई अवरोध र बाधा सिर्जना भई नै रहन्छ। राजनीति आफैंमा षड्यन्त्रको पर्याय बनिसकेको छ। तेश्रो विश्वको राजनीतिमा षड्यन्त्र गर्नेमा देशभित्रकै इतर दलहरु मात्र हुँदैनन्। अन्तर्राष्ट्रिय शक्तिहरु पनि आ–आफ्नै स्वार्थ लिएर खेलिरहेका हुन्छन्। देउवाले प्रचण्डसँगको भद्र सहमति पालना नगर्नुमा भारत र अमेरिकाको उक्साहटले पनि भूमिका खेलेको भन्ने सुनिन्छ। यसले प्रमाणित गर्ने प्रमाण सायदै भेटिएला। तर तेश्रो विश्वको राजनीतिमा शक्ति राष्ट्रले खेल्ने वा तानाबाना बुन्ने कुरा नौलो हैन। यस्ता खेल निरन्तर चलिरहन्छन्। शक्ति राष्ट्रले दिएको आश्वासन पनि कति अवस्थामा षड्यन्त्र हुन सक्छ। साथै शक्ति राष्ट्रको आश्वासन कहिलेकाहीँ आन्तरिक राजनीतिको जोडघटाउ फेल खान सक्छ। शेरबहादुर देउवा जत्तिको अनुभवी राजनीतिज्ञले यति कुरा बुझ्न नसक्नु बिडम्बनापूर्ण छ। परिणामतः उनी त रित्तिएका छन् नै, साथै केही समयको लागि नेपाली कांग्रेसले पनि धेरै अवसरबाट वञ्चित हुनुपरेको छ।  

फरक विचार र दर्शन बोकेका अन्तर्राष्ट्रिय शक्तिहरु छन्। उनीहरु सबै नेपाली कांग्रेसकै पक्षमा उभिँदैनन्। शेरबहादुर देउवालाई नै प्रधानमन्त्रीको रुपमा देख्न चाहन्छन् भन्ने हुँदैन। नेपालको राजकीय सत्तामा फरक व्यक्ति र दललाई पनि देख्न चाहन्छन्। अन्तर्राष्ट्रिय शक्तिको समर्थन सर्वथा गल्ती भए पनि यो चलि नै रहन्छ। तसर्थ, शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय शक्तिको सहयोग वा समर्थन चाहनु नौलो हैन। तर यसैमा ढुक्क भएर लामो समयको सारथी भनेको नेतालाई धोका दिन खोज्नु भने ठूलै भूल हो। सायद यो भूलले शेरबहादुरको धेरै सम्भावनाहरुलाई पाखा लगाइदिएका छन्। 

राजनीतिमा वर्तमान हेरेर भविष्य अकलन गर्न त सकिन्छ। तर आकलन सत्य सावित हुन्छ भन्ने ग्यारेन्टी हुँदैन। यो अर्थमा अहिले रित्तिएका शेरबहादुरले भोलि फेरि अवसर पाउँदैनन् भन्न सकिँदैन। तर सरसर्ती हेर्दा यो कार्यकालभरि फेरि प्रम बन्न पाउने सम्भावना देखिँदैन। पाइहालेछन् भने पनि उनको खुबी र क्षमताले हैन, सत्तारुढ गठबन्धनभित्रकै षड्यन्त्रले दिने अवसरमात्र हुनेछ। 

प्रकाशित: Dec 29, 2022| 01:45. 57 बिहीबार, पुस १४, २०७९

थप समाचार

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...

कम्युनिष्ट आन्दोलनमा युवाको बाटो

विषेशगरी कम्युनिष्ट आन्दोलनको लामो ऐतिहासिक र सैद्धान्तिक व्याख्या भन्दा पनि अब नेपाली युवाहरूले कम्युनिष्ट आन्दोलनमा खेल्नुपर्ने भूमिका र यस आन्दोलनलाई युवाहरूले कसरी जनउपयोगी बनाउने भन्ने...

गणतन्त्रको राष्ट्रपति र राजतन्त्रको राष्ट्राध्यक्षबीच भिन्नता पुष्टि गर्नु छ रामचन्द्रलाई

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेशसँगै सर्वोच्च पदको रूपमा रहेको राष्ट्रपतिमा परिपक्व नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन्।

राजनीतिक परिदृश्य, चुलिंदो ध्रुवीकरण र क्रमभंगता

लामो समय सामन्ती युगबाट गुज्रिएको नेपालको राजनीतिक विकासक्रम स्वाभाविक रेखामा अगाडि बढ्न सकेको देखिँदैन। सामन्तवादको प्रतिनिधित्व सामन्ती राजतन्त्रले गर्छ। सिद्धान्ततः सामन्तवाद भन्दा पुँजीवादलाई केही हदसम्म...