सोमबार, मंसिर २९, २०८२

जटिल बन्दै पेलेको स्वास्थ्य अवस्था

ब्राजिलको अलबर्ट आइन्सटाइन अस्पतालमा उपचाररत ८२ वर्षीय पेलेलाई क्यान्सर भएको थियो।
 |  बिहीबार, पुस १४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १४, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– अस्पतालमा उपचाररत ब्राजिलियन फुटबलर पेलेको स्वास्थ्य अवस्था जटिल बन्दै गएको स्पेनिस मिडिया मार्काले जनाएको छ। ब्राजिलको अलबर्ट आइन्सटाइन अस्पतालमा उपचाररत ८२ वर्षीय पेलेलाई क्यान्सर भएको थियो। त्यसपछि उनलाई मिर्गौला र हृदय रोग थपिएको हो। 

२९ नोभेम्बरमा अस्पताल भर्ना भएका पेले जटिल रोगसँग जुधिरहेका छन्। पेलेको स्वास्थ्यसम्बन्धी अवस्थाबारे उनकी छोरीले सञ्चार माध्यममा परिवारको फोटो राख्दै लेखेकी छन्, ‘परिवार अहिले बुबाको स्वास्थ्यले गर्दा गम्भीर छ। बुबाको स्वास्थ्यमा कहिले व्यापक सुधार आएर खुसी हुन्छौं त कहिले अवस्था सबै बिग्रिने गर्दछ।’ फुटबलका पिताका रुपमा रहेका ब्राजिलियन पेले तीन पटकका विश्व विजेता खेलाडी हुन्।

प्रकाशित: Dec 29, 2022| 11:54 बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।