काठमाडौं– लुम्बिनी प्रदेश सरकारले आयोजना गर्ने तयारी थालेको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ। १५ पुसमा लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका दाङमा सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन गर्ने कार्यक्रम स्थगित भएको हो। सम्मेलन स्थगित भएको सूचना लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालयले जनाएको छ।
प्रदेश सरकारका पाँच वर्षे कार्यकालको समीक्षा र अनुभव साटासाट गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिन लागेको भए पनि बदलिँदो राजनीतिक घटनाक्रमका कारण पनि स्थगित भएको बताइएको छ।