शुक्रबार, वैशाख २५, २०८३

रित्तिँदै पहाड, भरिँदै तराई

भर्खरै देउमाई दुईका टङ्क अधिकारीसमेत पुरानो ठाउँ छोडेर झापा झरेका छन्। उनले पनि पहाडमा सुविधा नभएकै कारण तराई झर्नुपरेको सुनाए।
 |  बुधबार, पुस १३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

मंगलबारे- इलाम देउमाई–२ का खगेन्द्र सुवेदी बसाइँ सरेर झापा बुधबारे झरे। उनी परिवारसहित नै पाँच वर्षअघि बुद्धशान्ति गाउँपालिका झापा झरेका हुन्। कोरिया बसेर नेपाल फर्किएका उनी जन्मथलो दुर्गम भएकै कारण सुगम खोज्दै झापा झरेका हुन्।

National life

स्वास्थ्य उपचार, शिक्षालगायतले तराईमा बढी विकास भएका कारण तराई झरेको उनको भनाइ छ। उनी तराई झरे पनि पहाडमा रहेको उनको जमिन बिक्री भएको छैन। जमिन कमाउने मानिससमेत गाउँमा भेटिन छोडेका छन्।

खगेन्द्रजस्तै तीन वर्ष पहिले नै गुरु अधिकारी पनि देउमाई नगरपालिका छोडेर झापा बसाइँ सरे। उपचारमा झापामा आएका उनी चिकित्सकले निरन्तर फलोअपमा आउनुपर्छ भनेपछि झापामा नै बस्न थाले। झापा बस्दाबस्दै उनले नयाँ ठाउँमा नै घर बनाएर बस्न थालेका छन्। उनको पहाड घर पनि त्यतिकै छ। केही समयका लागि सडक बनाउने ठेकेदारले घर भाडामा लिए पनि दीर्घकालीनरूपमा पहाडमा जमिन कमाउने र जमिन खरिद गर्ने मान्छे आउन छोडेको उनले बताए।

भर्खरै देउमाई दुईका टङ्क अधिकारीसमेत पुरानो ठाउँ छोडेर झापा झरेका छन्। उनले पनि पहाडमा सुविधा नभएकै कारण तराई झर्नुपरेको सुनाए। उनी गाउँमा एउटा नमूना व्यक्तिमात्र हुन्। बीचमा सोही गाउँबाट अन्य धेरैले गाउँ छोडेर सहर रोजेका छन्।

उपचार गराउन सहर नै जानुपरेकाले पनि मानिसले गाउँ छोड्दै गएका छन्। नानीबाबुलाई विद्यालय पढाउन र उच्च शिक्षाका लागि पनि गाउँ नै छोड्नुपर्ने अवस्था आएको धेरैको भनाइ छ। अन्य धेरै तराई झर्ने सोचमा छन्। पहाडमा खेती गर्न पनि झन्झट, ढुवानी महँगो, बिक्रीका लागि बजार खोज्नुपर्ने समस्यालगायतका कारण धेरैले गाउँलाई माया मार्न थालेका छन्।

समस्या पर्दा पहाडमा समाधानका लागि धेरै असहज हुने भएकाले पनि तराई झर्नुपर्ने बाध्यता रहेको बताइएको छ। बुढेसकालमा न्यानोका लागि तराई झर्नेदेखि अवसरको खोजीमा समेत तराई रोज्नेको लर्को नै लागेको छ।

पहाडी क्षेत्रमा रोजगारीको समस्या, पाए पनि बर्खामा रोजगारस्थल धाउन समस्या भएका कारण पनि धेरैले तराई रोज्न थालेका छन्। पहाडी क्षेत्रमा जागिर खाए पनि धेरै आफन्त तराईमा नै हुँदा पनि पहाड बस्न मन नलाग्ने गरेको उनीहरूको भनाइ छ।

पहाडमा अवसर नभएपछि प्रायः युवा वैदेशिक रोजगारीमा जाने गरेका छन्। वैदेशिक रोजगारीबाट फर्किएसँगै सुगम ठाउँमा जमिन किनेर उतै बसाइँ जान थालेपछि गाउँ रित्तिन थालेको छ।

यसका लागि पहाडी क्षेत्रका नगरपालिका तथा गाउँपालिकाले विशेष कार्यक्रम ल्याए पनि प्रभावकारी बन्न सकेको छैन। देउमाई नगरपालिकाले बाहिरबाट बसाइँ सरेर आउनेलाई जस्तापाता सहयोग गर्ने नीति ल्याएको नगरपालिकाका सूचना अधिकारी गोविन्द बाँस्तोलाले बताए। केही वर्ष अगाडि नै यो कार्यक्रम ल्याएपनि पछिल्लो समय थप कार्यक्रम ल्याउन सकिएको छैन।

सरकारले एकीकृत बस्ती कार्यक्रम ल्याउन आवश्यक रहेको जानकार बताउँछन्। बस्तीलाई एक ठाउँमा बसाएर खेती गर्ने जमिन र अन्य प्रयोजनको जमिन पहिचान गरेर त्यस्ता कार्यक्रम ल्याउन स्थानीय सरकार लाग्नुपर्ने धेरैको माग छ। पहाडी क्षेत्रमा भएका बासिन्दालाई पहाडमा नै रोक्नका लागि खास कार्यक्रम नभएको, पहाडमा विकास क्रम ढिलो भएका कारण पनि यस्तो समस्या आएको बताइएको छ। सुविधा सम्पन्न अस्पताल र कलेजको व्यवस्था गर्न सकिएमात्र पनि धेरै बसाइँसराइ रोकिन सकिने स्थानीयवासीको भनाइ छ।  -रासस

प्रकाशित: Dec 28, 2022| 22:30 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।