शुक्रबार, फागुन २९, २०८२

अचानक 'ब्लड प्रेसर' बढ्दा के गर्ने?

प्रेसर बड्दा बिरामीलाई घरमै लामो श्वास लिन लगाउनुपर्छ। कुनै काम गरिरहेको भए त्यो कामलाई छोडेर तुरुन्त बेडमा पल्टिनु पर्छ।
 |  बिहीबार, पुस १४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १४, २०७९

गर्भी मौसममा मानिसमा हाई ब्लड प्रेसरको समस्या अधिक हुन्छ। सामान्य अवस्थामा मानिस रक्तचाप बढ्दा अस्पताल जाने गर्छन्। तर, कोरोना महामारीले अहिले अवस्था त्यस्तो छैन।

National life

घरमा हाई ब्लड प्रेसरको बिरामी भए प्रेसर मापन मेसिन राख्नुपर्छ। प्रेसर बढेको लक्षण देखिने बित्तिकै मापन गरिहाल्नुपर्छ। ब्लड प्रेसर नाप्दा बिरामीलाई देखाउने कोसिस गर्नु हुँदैन। ब्लड प्रेसर धेरै भए बिरामीलाई कम गर्ने तरिका बताउनु पर्छ। र, चिन्ता नलिन भन्दै आत्मबल बढाउनुपर्छ।

प्रेसर बड्दा बिरामीलाई घरमै लामो श्वास लिन लगाउनुपर्छ। कुनै काम गरिरहेको भए त्यो कामलाई छोडेर तुरुन्त बेडमा पल्टिनु पर्छ। आरामसँग पल्टिएर पेटमा हात राखि लामो श्वास लिने गर्नुपर्छ। 

यस्तो अवस्थामा मानिसमा छटपटी हुँदैन। र, ब्लड प्रेसर जति बढेको छ त्यो भन्दा बढ्न सक्दैन।  त्यसैले ब्लड प्रेसर बढेको अवस्थामा सुरुमा यही काम गर्नुपर्छ।

प्रेसर बडेको मिरामीलाई हावा चल्ने खुला ठाउँमा लग्नुपर्छ। घाममा राख्नु हुँदैन। घाममा बसेको अवस्थामा अवस्था थप बिग्रिने जोखिम हुन्छ। उमेर बढि भएका मानिसले बाहिर जाने जिद्दि गर्दा यो कुरामा ध्यान दिनुपर्छ।

Laxmi sunrise bank
kumari

ब्लड प्रेसर बढेको अवस्थामा केही ख्वाउने वा पिलाउने निर्णय आफू गर्नु हुँदैन। किनकी ब्लड प्रेसर घटाउने नाममा उल्टो असर पर्नसक्छ। यस्तो अवस्थामा पानी मात्रै पिलाउनुपर्छ।  एकै पटक दुई/तीन ग्लास पानी पिलाउनुपर्छ।

प्रकाशित: Dec 29, 2022| 06:15 बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्