शुक्रबार, मंसिर १९, २०८२

'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स यूनिभर्स'को घोषणा, विजेतालाई १ करोड पुरस्कार

रियालिटी शो 'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स युनिभर्स'को औपचारिक घोषणा भएको छ। काठमाडौँमा आयोजित कार्यक्रमबीच दुबै शोको घोषणासहित निर्णायकहरुको नाम सार्वजनिक गरिएको हो।
 |  बुधबार, पुस १३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

काठमाडौं- रियालिटी शो 'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स युनिभर्स'को औपचारिक घोषणा भएको छ। काठमाडौँमा आयोजित कार्यक्रमबीच दुबै शोको घोषणासहित निर्णायकहरुको नाम सार्वजनिक गरिएको हो।

National life

मेरो भ्वाइस युनिभर्सको निर्णायकमा सुरेश अधिकारी, शिव परिवार, अञ्जु पन्त, पुष्पन प्रधान, सुजता वर्मा र सुनिता थेगिम रहेका छन्। त्यसैगरि, मेरो डान्स युनिभर्सको निर्णायकमा मिथिला शर्मा, प्रियंका कार्की, दिलीप रायमाझी, केकी अधिकारी, शंकर बिसी र नर्मन राई छन्।

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले आयोजना गर्न लागेको दुवै शोका विजेताले १ करोड नगद पुरस्कार पाउने बताइएको छ। त्यसैगरी, फस्ट रनर अपले ३० लाख र सेकेन्ड रनर अपले २० लाख पुरस्कार पाउनेछन्। नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा धेरै धनराशी हुने शो भएको आयोजकको दाबी छ।

विश्वभर छरिएर रहेका नेपाली भाषीहरुको सहभागितामा यो शो आयोजना गरिने फाउन्डेशनका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिए। नेपाली संस्कृतिलाई विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले शो गरिएको बताउँदै अधिकारीले नेपाली संस्कृतिलाई जोगाउन मिलेर काम गर्नुपर्ने बताए।

शोमा सहभागी हुने इन्ट्रा फाउन्डेशनको एप डाउनलोड गरेर फर्म भर्न सकिनेछ। प्रतिस्पर्धाले आउदो जनवरी महिनाको अन्तिमसम्म आवेदन दिनुपर्ने छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 28, 2022| 17:20 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।