बिहीबार, जेठ २८, २०८३

मेगा बैंकको कामु सिइओमा तुल्सीराम पोखरेल नियुक्त

मेगा बैंक नेपालको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा तुल्सीराम पोखरेल नियुक्त भएका छन्।
 |  बुधबार, पुस १३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

काठमाडौं- मेगा बैंक नेपालको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा तुल्सीराम पोखरेल नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिले पुस ९ गतेदेखि लागू हुने गरी पोखरेललाई बैंकको कामु सिइओमा नियुक्त गरेको हो।

National life

विगत २७ वर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित पोखरेल मेगा बैंकको परिकल्पनाकार र १४ जना संस्थापकमध्ये एक हुन्। 

बैंक सञ्चालनमा आउनुभन्दा अघि नै २०६७ साल वैशाख १ गतेबाट पूर्व सञ्चालन अवस्थाको कार्यकारी प्रमुख बनेर प्रस्तावित बैंकको दर्ता, लाइसेन्स लिने तथा बैंकका लागि आवश्यक पूर्वाधार तयार पार्ने कामको नेतृत्व गर्दै बैंकमा सेवा प्रारम्भ गरेका पोखरेल मेगा बैंकको सहायक महाप्रबन्धक, नायव महाप्रबन्धक, वरिष्ठ नायव महाप्रबन्धक हुँदै कामु सिइओ बनेका हुन्।

उनी स्थापनाकालदेखि नै बैंकको उच्च व्यवस्थापनमा रही विभिन्न विभागहरूको विभागीय जिम्मेवारी बहन गर्नुका साथै कम्पनी सचिवको जिम्मेवारी समेत निर्वाह गरेका छन्। 

नवदुर्गा फाइनान्सको सहायक प्रबन्धकको रुपमा करिब तीन दशकअघि करिअर सुरू गरेर नायव सिइओ बनेका पोखरेल मेगा बैंकमा आबद्ध हुनुअघि प्रुडेन्शियल फाइनान्समा सिइओ समेत रहेका थिए।

Shivam cement

यसैगरी, बैंकबाट स्वेच्छिक अवकाश लिएकी कामु सिइओ रविना देशराज श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिले धन्यवाद समेत दिएको छ। 


प्रकाशित: Dec 28, 2022| 17:15 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्