शुक्रबार, फागुन २९, २०८२

सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालन

लामो प्रयासपछि सिटीस्क्यान सेवा सञ्चालनमा आएको अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टले बताए।
 |  बुधबार, पुस १३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

धनगढी- सेती प्रदेशीक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ। लामो प्रयासपछि सिटीस्क्यान सेवा सञ्चालनमा आएको अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टले बताए।

National life

प्रदेश सरकारको विनियोजन बजेटबाट अस्पतालमा मेशिन जडान गरेर सेवा सञ्चालन गरिएको उनले जानकारी दिए।

‘मेसिन नहुँदा सुदूरपश्चिमका गम्भीर प्रकृतिका बिरामीले सिटीस्क्यान सेवा लिन सुदूरपश्चिम बाहिर वा भारत जानुपर्ने अवस्था रहेको थियो। कि महँगो शुल्क तिरेर निजी अस्पतालहरूमा जानुपर्थ्यो। तर, सेवा सुरु भएसँगै सर्वसाधारणको उक्त समस्या हट्ने भएको छ,’ भट्टले भने।

गरिब, असहाय र विपन्नवर्गका बिरामीले अन्यत्र महँगो शुल्कमा सिटीस्क्यान गराउन नसक्दा उनीहरू उपचारबाट वञ्चित हुनुपर्ने अवस्था रहेकोमा त्यसलाई मध्यनजर गर्दै सेवा सञ्चालन गरिएको उनले बताए।

मस्तिष्कघातलगायत मस्तिष्क भित्रका अन्य चोट, नशामा रगत जमेको, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्यालगायत सबै प्रकारका जटिल रोगको निदानमा सिटीस्क्यान मेसिन उपयोगी हुने अस्पताल प्रशासनले जनाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 28, 2022| 16:08 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्