बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भाटभटेनीमा नेपालपेबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म क्यासब्याक

भाटभटेनीमा नेपालपेबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म क्यासब्याक

भाटभटेनी सुपर मार्केटले आफ्ना ग्राहकहरूलाई लाभ पुर्‍याउने नयाँ योजना ल्याएको छ ।
 |  बुधबार, पुस १३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

काठमाडौं- भाटभटेनी सुपर मार्केटले आफ्ना ग्राहकहरूलाई लाभ पुर्‍याउने नयाँ योजना ल्याएको छ ।

National life

कम्पनीले ग्राहकहरूले भाटभटेनीमा सामान खरिद गर्दा नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गरे १० प्रतिशत (अधिकतम १०० रुपैयाँसम्मको) क्यास ब्याक प्राप्त गर्न सक्ने योजना ल्याएको हो ।

यो अफर नेपालभर रहेका भाटभटेनीका शाखाहरूमा आजैदेखि आगामी माघ १० गतेसम्म सञ्चालन हुने भाटभटेनीले जनाएको छ ।

डायनामिक क्यूआरको रूपमा हालै उक्त डिपार्टमेन्ट स्टोरमा जडान भएको नेपालपे क्यूआरका ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेट अथवा कनेक्ट आईपीएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

भाटभटेनीमा नेपालपे क्यूआरको सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा एमओसीओ फोकसवान सोलुसन्सको सहकार्यमा सुचारु गरिएको हो । देशको सबैभन्दा ठूलो रिटेल स्टोरमा लागू गरिएको उक्त अफरमार्फत नगदरहित भुक्तानीलाई थप प्रोत्साहन हुने विश्वास गरिएको छ ।

Shivam cement

हाल नेपालपे क्यूआरको सुविधा एभरेस्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एन्ड कमर्स बैंक, एनआईसी एशिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा विकास बैंक, गुडविल फाइनान्स, आईसीएफसी फाइनान्स, समृद्धि फाइनान्स, सेलपे, एमओआरयू र कनेक्ट आईपीएस मोबाइल एपमा उपलब्ध छ भने अन्य बैंक तथा वित्तीय संस्थाहरूमा पनि चाँडै नै उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रकाशित: Dec 28, 2022| 14:38 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्