बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेशनल लाइफ इन्स्योरेन्सका अभिकर्तालाई चेयरपर्सन क्लब, तालिम तथा सम्मान

नेशनल लाइफ इन्स्योरेन्सका अभिकर्तालाई चेयरपर्सन क्लब, तालिम तथा सम्मान

नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने चेयरपर्सन क्लब, तालिम तथा सम्मान कार्यक्रम गरेको छ।
 |  बुधबार, पुस १३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

काठमाडौं- नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने चेयरपर्सन क्लब, तालिम तथा सम्मान कार्यक्रम गरेको छ।

National life

आर्थिक वर्ष २०७८/७९ मा तोकिएको लक्ष्य पुरा गर्न सफल ६०० जनाभन्दा बढी अभिकर्तालाई कम्पनी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको उपस्थितिमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गरिएको छ। 

कार्यक्रममा अभिकर्ताहरुलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै व्यवसायिक दक्षता बढाउन भारतका चर्चित मोटिभेटर प्रशिक्षक सइद अफजल अहमदबाट उत्प्रेरणा तथा बीमा पोलिसी बिक्री कलाबारे प्रशिक्षण दिइएको कम्पनीले जनाएको छ।

नयाँ बीमा ऐन २०७९ ले अभिकर्ताहरुबारे गरेको व्यवस्था सम्बन्धमा पनि विस्तृत जानकारी गराइएको थियो। कम्पनीका अध्यक्ष सिंहको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा चेयरपर्सन क्लबमा छनोट भएका सबै अभिकर्ताहरुलाई सदस्यता वितरण गरिएको थियो। विभिन्न विधामा सवोत्कृष्ठ घोषित अभिकर्ताहरुलाई सम्मान प्रदान गरिएको थियो। 

समारोहमा सिंहले उच्च नैतिक व्यवसायिक नेतृत्वको आधारमा कम्पनीले आगामी लक्ष्य तय गर्ने बताउँदै कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सधैं प्राथमिकतामा राख्ने प्रतिबद्धता प्रकट गरिन्। 

Shivam cement

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको, बोनस दर आकर्षक रहेको जानकारी गराउँदै अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे। 

सो समारोहमा सात वटै प्रदेशबाट आफ्नो कोडको व्यवसाय र संजालको व्यवसायबाट अलग-अलग प्रथम, द्धितीय, तृतीय हुने लिडर अभिकर्ताहरु र नेपालभरबाट आफ्नो कोडको व्यवसाय र सञ्जालको व्यवसायबाट अलग अलग उत्कृष्ट ७ जना अभिकर्ताहरुलाई सम्मानित गरिएको थियो। 


प्रकाशित: Dec 28, 2022| 14:36 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्