शुक्रबार, फागुन २९, २०८२

सेफर्ड कलेज र पत्रकार महासंघ लुम्बिनी प्रदेशबीच सहकार्य

सेफर्ड कलेजले नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशसँग समन्वय गरी महासंघको प्रदेशको सिफारिसमा अध्ययन गर्न चाहने विद्यार्थीलाई विशेष छुटको व्यवस्था गरेको छ।
 |  बुधबार, पुस १३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

काठमाडौं– सेफर्ड कलेजले नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशसँग समन्वय गरी महासंघको प्रदेशको सिफारिसमा अध्ययन गर्न चाहने विद्यार्थीलाई विशेष छुटको व्यवस्था गरेको छ। 

National life

नेपालमा सञ्चार र प्रविध विषयमा पत्रकारिता अध्ययन गराउँदै आएको नेपालकै पहिलो कलेजले महासंघको प्रदेश समितिको सिफारिसमा अध्ययनका लागि भर्ना हुने विद्यार्थीको लागि विशेष छुटको व्यवस्था गरेको क्याम्पसकी प्रमुख कविता शर्माले बताइन्। कपिलवस्तुको तौलिहवामा सञ्चारकर्मीसँगको अन्तरक्रियामा बोल्दै प्रमुख शर्माले महासंघ प्रदेश शाखाको आग्रह अनुसार प्रदेशको सिफारिसमा भर्ना हुने विद्यार्थीका लागि विशेष छुट दिन थालिएको जानकारी दिइन्।

सञ्चार र प्रविधि विषयमा पत्रकारिता विषय पढ्ने विद्यार्थीका लागि सिप र अवसरको ग्यारेन्टी बढिरहेको उनले बताइन्। पत्रकारिता मूल पेशा भएका पत्रकारहरुका लागि शैक्षिक योग्यता अनिवार्य आवश्यक पर्ने भएकाले स्नातक र स्नातकोत्तर तहको कक्षा सञ्चालन गर्दै आएको उनले जानकारी दिइन्। प्रविधिको विकाससँगै पत्रकारिताम सूचना र प्रविधिको विषय अनिवार्य भएकाले पत्रकारको पेशागत दक्षता वृद्धिका लागि समेत सो विषयको अध्ययन आवश्यक रहेकोमा प्रमुख शर्माको जोड थियो। काठमाडौं बाहिरका विद्यार्थीले निरन्तर रुपमा कक्षामै गएर अध्ययन गर्न समस्या पर्ने विषयलाई मध्यनजर गरी अनलाइन कक्षा र श्रोत सामग्री सहित थप कक्षाको व्यवस्था गरेर अध्ययनरत विद्यार्थीको सिकाइलाई सहज बनाइएको उनले जानकारी दिइन्।

पत्रकारितामा लामो अनुभव हासिल गरेका पत्रकारहरुले समेत शैक्षिक योग्यताकै कारण कतिपय अवसरबाट बन्चित हुनु पर्ने समस्या समाधान गर्न कलेजले सञ्चालन गरेको सञ्चार र प्रविधि विषयमा पत्रकारिता अध्ययनले सहयोग पुर्याउने नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष किरणमान बज्राचार्यले बताए। पत्रकारितामा जोडिएका नयाँ पुस्तालाई समेत आफ्नै शैक्षिक योग्यता अभिवृद्धि गर्न महासंघले प्रोत्साहित गर्ने उनले बताए।

पत्रकार महासंघको समन्वयमा कलेजले विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गर्नु सराहनीय कार्य भएको बज्राचार्यको भनाइ थियो। कार्यक्रममा पत्रकार महासंघका मधेश विभागका सदस्य मनोज कुमार श्रीवास्तव, केन्द्रीय अनुशासन विभागका सदस्य खग प्रसाद चापागाई, अकोरावका पूर्व केन्द्रीय उपाध्यक्ष तुलसीराम यादव सहितका पत्रकारहरुको सहभागिता रहेको थियो। काठमाडौंमा रहेको सेफर्ड कलेजले निरन्तर संचार र प्रविधि विषयको मास्टर इन मिडिया टेक्नोलोजी (एमएमटी) र ब्याचलर इन मिडिया टेक्नोलोजी (बिएमटी) का कक्षाहरु सञ्चालन गर्दै आएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 28, 2022| 12:41 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्