बिहीबार, जेठ २८, २०८३

३१ महिनापछि खुल्यो रसुवागढी नाका

कोभिड महामारीयता बन्द रहेको रसुवागढी नाका खुलेको छ। नाका खुलेकै दिन मंगलबार नेपालबाट ५० लाख ७० हजारबराबरको वस्तु निर्यात भएको छ।
 |  बुधबार, पुस १३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

काठमाडौं– कोभिड महामारीयता बन्द रहेको रसुवागढी नाका खुलेको छ। नाका खुलेकै दिन मंगलबार नेपालबाट ५० लाख ७० हजारबराबरको वस्तु निर्यात भएको छ।

National life

कोभिड महामारीका कारण २०७६ चैतमा सरकारले नेपाल भित्रिने सबै नाका बन्द गरेको थियो। त्यसयता सो नाकाबाट नेपाली वस्तुको निर्यात ठप्प थियो। 

सोमबारमात्रै ल्हासास्थित नेपाली महावाणिज्य दूतावासलाई चिनियाँ अधिकारीले नाकाबाट नेपाली वस्तु आयात खोल्ने जानकारी गराएका थिए। सो जानकारी महावाणिज्य दूतावासले रसुवा जिल्ला प्रशासन र भन्सार कार्यालयलाई गराएपछि मंगलबार सांकेतिक रुपमा नेपाली वस्तु निर्यात सुरु गरिएको हो।

सिन्धुपाल्चोकको तातोपानी नाका भने नेपाली वस्तु निर्यातका लागि अझै बन्द छ। नेपाली वस्तु निर्यात गर्नेबारे चिनियाँ पक्षले कुनै औपचारिक जानकारी गराएको छैन। 


प्रकाशित: Dec 28, 2022| 11:06 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्