सोमबार, साउन १२, २०८२

देशभर चिसो बढेसँगै सावधानी अपनाउन आग्रह

पछिल्लो केही दिनयता देशभर चिसो बढेको छ। काठमाडौंको तापक्रम मंगलबारको तुलनामा एक डिग्री सेल्सियस घटेको छ।
 |  बुधबार, पुस १३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

vianetvianet

काठमाडौं– पछिल्लो केही दिनयता देशभर चिसो बढेको छ। काठमाडौंको तापक्रम मंगलबारको तुलनामा एक डिग्री सेल्सियस घटेको छ। 

मंगलबार ४ दशमलव ४ डिग्री सेल्सियस रहेकोमा आज न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियसमा झरेको मौसम विज्ञान विभागले जनाएको छ। 

देशभरकै तापक्रम क्रमिक रुपमा घट्दै गइरहेको छ। यता वीरेन्द्रनगरको न्यूनतम तापक्रम ३ दशमलव १ डिग्री सेल्सियस छ। सबैभन्दा कम जुम्लाको तापक्रम रहेको छ। जुम्लामा आज बिहान मापन गरिएको तापक्रम अनुसार माइनस ६.५ डिग्री सेल्सियस रहेको छ। 

यस्तै, ताप्लेजुङको ३ दशमलव ५, लुम्लेको ४, डडेल्धुराको ४ दशमलव ४ डिग्री सेल्सियस छ । जिरीको न्यूनतम तापक्रम माइनस १ दशमलव ८ र जोमसोमको माइनस ५ डिग्री सेल्सियस छ। न्यूनतमसँगै देशभरकै अधिकतम तापक्रम पनि घट्न थालेको छ।

अहिले पहाडीसहित तराईका जिल्लामा हुस्सु कुहिरो लागेको छ। पहाडी क्षेत्रको कुहिरो हटेर घाम लाग्ने सम्भावना छ तर तराईका जिल्लामा दिउँसोसम्म नै हुस्सु कुहिरो लाग्ने सम्भावना रहेको छ। आज प्रदेश १ को पहाडी क्षेत्रको मौमस आंशिकदेखि सामान्य बद्ली हुने र बाँकी ठाउँको मौसम सामान्यतया सफा रहने छ।

चिसो बढेसँगै बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित: Dec 28, 2022| 08:46 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।