काठमाडौं– नेपाली कांग्रेसको इतर पक्षका नेताहरूको बैठक आज बस्दै छ। शेखर कोइरालाको सम्पर्क कार्यालयमा बस्ने इतरपक्षको बैठकमा यो पक्षका पार्टी पदाधिकारी र केन्द्रीय सदस्यलाई बोलाइएको छ।
बैठकमा कांग्रेसले सबैभन्दा ठूलो दल हुँदा पनि प्रतिपक्षमा पुगेको बारेमा र पार्टीले बोलाएको केन्द्रीय समिति बैठकबारे छलफल हुने जनाइको छ।
गत आइतबार कांग्रेससँगको सहकार्य तोडेर माओवादी अध्यक्ष प्रचण्ड एमालेको साथ लिएर प्रधानमन्त्री बनेपछि कांग्रेस केन्द्रदेखि सातवटै प्रदेशमा प्रतिपक्षी बन्ने निश्चित देखिएपछि इतर पक्षका नेताले सभापतिसहित संस्थापनमाथि प्रश्न उठाउने भएका छन्। यसै सन्दर्भमा थप रणनीति बनाउन इतर पक्षले छलफल गर्न लागेको बताइएको छ।