काठमाडौं- काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष अहिलेसम्मकै कम देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार आज बिहानको मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस देखिएको हो।
हिजो मंगलबार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस थियो।
अहिले बिहान ८:४५ बजे यो तापक्रम अपडेट गरिनेछ भने देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि महाशााखाले सार्वजनिक गर्ने छ।
मौसमविद् प्रधानांगका अनुसार आज प्रदेश १ को हिमाली भेगका एक दुई स्थानमा हिमपात हुने सम्भावना छ।