आइतबार, साउन ३, २०८३

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम अहिलेसम्मकै कम

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष अहिलेसम्मकै कम देखिएको छ।
 |  बुधबार, पुस १३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

काठमाडौं- काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष अहिलेसम्मकै कम देखिएको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार आज बिहानको मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस देखिएको हो। 

हिजो मंगलबार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ८  डिग्री सेल्सियस थियो। 

अहिले बिहान ८:४५ बजे यो तापक्रम अपडेट गरिनेछ भने देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि महाशााखाले सार्वजनिक गर्ने छ। 

मौसमविद् प्रधानांगका अनुसार आज प्रदेश १ को हिमाली भेगका एक दुई स्थानमा हिमपात हुने सम्भावना छ।

प्रकाशित: Dec 28, 2022| 07:34 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।