शुक्रबार, वैशाख २५, २०८३

जसपा संसदीय दलको निर्वाचन आज

जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संसदीय दलको निर्वाचन आज हुनेभएको छ।
 |  बुधबार, पुस १३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

National life

काठमाडौं- जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संसदीय दलको निर्वाचन आज हुनेभएको छ। जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार आजका लागि संसदीय दलको निर्वाचनको कार्यतालिका तयार भएको छ।

निर्वाचनका लागि मिथिलेसकुमार सिंहको संयोजकत्वमा जसपाले निर्वाचन समिति गठन गरिसकेको छ। समितिको सदस्यमा अर्जुन थापा र दिपेन्द्र झा  रहेका छन्। दलको संसदीय दलको नेताका लागि नेताहरू अशोककुमार राई र राजकिशोर यादवले इच्छा व्यक्त गरेका छन्। 

जसपाले आज दिउँसो ११ देखि १२ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्ने र साँझ २:३० देखि ३:३० सम्म मतदान गर्ने कार्यतालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ।

प्रकाशित: Dec 28, 2022| 07:21 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।