काठमाडौं- जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संसदीय दलको निर्वाचन आज हुनेभएको छ। जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार आजका लागि संसदीय दलको निर्वाचनको कार्यतालिका तयार भएको छ।
निर्वाचनका लागि मिथिलेसकुमार सिंहको संयोजकत्वमा जसपाले निर्वाचन समिति गठन गरिसकेको छ। समितिको सदस्यमा अर्जुन थापा र दिपेन्द्र झा रहेका छन्। दलको संसदीय दलको नेताका लागि नेताहरू अशोककुमार राई र राजकिशोर यादवले इच्छा व्यक्त गरेका छन्।
जसपाले आज दिउँसो ११ देखि १२ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्ने र साँझ २:३० देखि ३:३० सम्म मतदान गर्ने कार्यतालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ।