शुक्रबार, वैशाख २५, २०८३

डीएसपी ठगबहादुरलाई निलम्बनको सिफारिस

नेपाल प्रहरीले घुस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बनका लागि गृह मन्त्रालयमा सिफारिस गरेको छ।
 |  बुधबार, पुस १३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

काठमाडौं- नेपाल प्रहरीले घुस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बनका लागि गृह मन्त्रालयमा सिफारिस गरेको छ।

National life

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले उनलाई निलम्बनका लागि गृहमन्त्रालयमा सिफारिस गरिएको जानकारी दिए। उक्त घटनाका सन्दर्भमा आवश्यक प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)को टोलीले अवैध गतिविधि (सुन व्यवसायीसँग घुस मागेको प्रकरण) मा संलग्न रहेको आरोपमा उनलाई आइतबार राति पक्राउ गरेको थियो।

ब्यूरोको टोलीले बुटवलका खिलेन्द्रसिंह जिसीलाई रुपन्देहीको कालिकानगरस्थित महाराजा रिसोर्टको क्याविनमा रु नौ लाख ५० हजार रकमको चेक र उनको झोलामा सुनजस्तो देखिने ३४ तोला २१ लालको पहेँलो धातुसहित पक्राउ गरेको थियो।

उनीसँग गरिएको अनुसन्धानका क्रममा स्थानीय व्यवसायी किसन विक र डिएसपी केसीको आपसी सम्बन्ध रहेको खुलेपछि उनको निवासमा पुगेर प्रहरीले पक्राउ गरेको थियो। उनको घरमा खानतलासी गर्दा नगद रु आठ लाख ५० हजार फेला पारी बरामद गरिएको सिआइवीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए।

सिआइवीको टोलीले त्यसपछि बदामद भएको रकम, सुनजस्तो देखिने पहेँलो धातु र ठगबहादुर केसी तथा खिलेन्द्रसिंह जिसीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइएको थियो। प्रहरीका अनुसार उनीमाथि व्यापारीसँग सुन नियन्त्रणमा लिएर आफैँ राखेको र सुन फिर्ताका लागि घुस लिएको आरोप छ।

प्रकाशित: Dec 28, 2022| 06:53 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।