सोमबार, साउन १२, २०८२

बागलुङमा तीन ठूला भूकम्पका झट्का

बागलुङमा भूकम्पका तीन ठूला झट्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
 |  बुधबार, पुस १३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

vianetvianet

काठमाडौं– बागलुङमा भूकम्पका तीन ठूला झट्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार बागलङ जिल्लामा ४.७, ५.३ तथा ४ रेक्टर स्केलका तीन भूकम्पको झट्का महसुस गरिएको हो।

केन्द्रबाट प्राप्त रिडिङ अनुसार बागलुङ जिल्लाको अधिकारी चौरको वरपर गए राति १:२३ बजे ४.७ तीब्रताको भूकम्प गएको थियो।

केन्द्रले ट्वीट गर्दै राति १:२३ बजे बागलुङ अधिकारी चौर वरपर ४.७ म्याग्निच्युटको भूकम्प गएको उल्लेख गरेको छ।

त्यसपछि ५.३ रेक्टरको भूकम्प खुंगामा केन्द्र बनाएर राति २:०७ बजे गएको केन्द्रले जनाएको छ। बिहान करिब चार बजेतिर अधिकारी चौर नै केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ।

भूकम्पले पुर्‍याएको क्षतीका बारेमा कुनै पनि जानकारी प्राप्त भएको छैन।

प्रकाशित: Dec 28, 2022| 06:44 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।