बिहीबार, जेठ २८, २०८३

नेप्सेमा आज पनि उछाल, ३ अर्ब ८८ करोडको कारोबार

साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले बढेको छ।
 |  मंगलबार, पुस १२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १२, २०७९

काठमाडौं– साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले बढेको छ।

National life

उच्च रुपमा नेप्से बढेसँगै मंगलबार करिब पाँच महिनायताकै उच्च कारोबारसमेत भएको छ। नेप्से ५९.८७ अंक बढेर १९८३.९५ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १०.६० अंक बढेको छ भने फ्लोट इन्डेक्स ३.६९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.२८ अंकले बढेको छ।

मंगलबार कारोबारमा आएका २६१ कम्पनीको एक करोड २० लाख २९ हजार कित्ता सेयर किनबेच भएका छन्। जसमा तीन अर्ब ८८ करोड ४३ लाख ९६ हजार रुपैयाँबराबरको कारोबार भएको छ। हिजो सोमबार दुई अर्ब रुपैयाँबराबरको कारोबार भएको थियो।

मगंलबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक ६.४३ प्रतिशत बढेको छ। वित्त, होटेल तथा पर्यटन र जलविद्युत् उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।

नेप्से बढेसँगै मंगलबार ६ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा सिद्धार्थ इन्स्योरेन्स, मल्टिपर्पस फाइनान्स, अजोड इन्स्योरेन्स, सिर्जनशील लघुवित्त र कालिका पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। मंगलबार कारोबार रकमका आधारमा लक्ष्मी बैंक शीर्ष स्थानमा छ। जसमा बैंकको २० करोड ९४ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ ।

Shivam cement

प्रकाशित: Dec 27, 2022| 17:48 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्