सोमबार, साउन १२, २०८२

चावहिल–साँखु सडकमा पर्ने तीन पुल विस्तार सुरु

नारायणटारको बागमती पुलसँगै महादेव खोला पुल र मनोमता खोलामा पुल निर्माण गर्नका लागि प्रक्रिया अघि बढाइएको हो।
 |  बुधबार, पुस १३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

vianetvianet

काठमाडौं- चारदेखि छ लेनमा विस्तार गरिएको चावहिल–साँखु सडकखण्डअन्तर्गत तीन वटा पुल विस्तार सुरु गरिएको छ। नारायणटारको बागमती पुलसँगै महादेव खोला पुल र मनोमता खोलामा पुल निर्माण गर्नका लागि प्रक्रिया अघि बढाइएको हो। 

अहिले यी पुल निर्माणका लागि सर्भे डिजाइन भइरहेको काठमाडौं चक्रपथ सडक विस्तार योजनाले जनाएको छ। निर्माण कम्पनी आफैँले डिजाइन गर्ने गरी (डिजाइन एण्ड बिल्ड) ठेक्कामार्फत निर्माण गर्न लागिएको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए। सो पुल निर्माण सम्पन्न गर्न अवधि साढे दुई वर्ष छ।

‘सडक जति चौँडा छ पुल पनि त्यति नै फराकिलो बनाइनेछ’, उनले भने, ‘पुलको दायाँबायाँ दुई/दुई लेनको पुल बनाइनेछ।’ पुल निर्माण गर्न लागिएका तीन स्थानमध्ये सबैभन्दा बढी सवारी चाप नारायणटारको बागमती पुलमा एउटा पुल माथिल्लो पट्टी मात्र निर्माण गर्न लागिएको छ। ‘तलतिर घर भएकाले एकातिरबाट मात्रै बनाउन सकियो, दुवैतिर बनाउन सकिएन’, उनले भने। 

पहिले २२ मिटर चौडाइमा कालोपत्र गर्ने गरी ठेक्का भएको चावहिल साँखु सडक कतै त्यही चौडाइमा त धेरै स्थानमा त्योभन्दा कम चौडाइमा कालोपत्र भएको छ। अरु सबै ठाउँमा कालोपत्र हुँदा पनि थली सडक हुनसकेको थिएन। गत साता सो स्थानमा समेत कालोपत्र भएको छ। 

सडक विस्तार शुरु भएको झण्डै सात वर्षपछि अहिले सम्पन्न हुने क्रममा छ। सडक विस्तार हुँदा आफ्नो घरजग्गा मासिने भएकाले स्थानीयहरू मुआब्जा पाउनुपर्ने माग गर्दै सर्वाेच्च अदालतसम्म पुगेका थिए। 

सरकारले तीन वर्षअघि नै विस्तारका क्रममा रहेका उपत्यकाका सडक यथास्थितिमै कालोपत्र गर्ने निर्णय गरेको थियो। 

यसबीचमा मन्त्री, सांसद र शीर्ष नेताले सडकको पटक–पटक अनुगमन गरिसकेका छन्। पछिल्लो पटक नवनिर्वाचित सांसद सोविता गौतमले पनि आयोजना र स्थानीयसँग छलफल गरेर सडक निर्माण चाँडो सम्पन्न गर्न पहल गरेका थिए।   -रासस

प्रकाशित: Dec 28, 2022| 04:30 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।