शुक्रबार, वैशाख २५, २०८३

काभ्रेको बेथानचोकमा केबलकार निर्माण हुने

गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले काभ्रेको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाले ‘ड्रिम प्रोजेक्ट’का रुपमा केबलकार निर्माणको योजना अघि सारेको बताए।
 |  मंगलबार, पुस १२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १२, २०७९

धुलिखेल- काभ्रेको बेथानचोक गाउँपालिकास्थित बेथानचोक नारायणटारमा केबलकार निर्माण हुने भएको छ। गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले काभ्रेको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाले ‘ड्रिम प्रोजेक्ट’का रुपमा केबलकार निर्माणको योजना अघि सारेको बताए। केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन पूरा भएको उनको भनाइ छ। 

National life

गाउँपालिकाको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले बेथानचोकलगायतका पर्यटकीय गन्तव्यमा पर्यटक आकर्षित गर्नका लागि केबलकार निर्माण गर्न लागिएको बताए। उनले केबलकार प्रोजेक्ट समग्र पालिकावासीको साझा सम्पत्तिका रुपमा निर्माण हुन लागेको उल्लेख गरे। 

आयोजना निर्माण समूहमा आबद्ध इञ्जिनियर ज्ञान तिमिल्सेनाका अनुसार केबलकारका लागि नौवटा टावरहरु रहने छन्। केबलकारको लम्बाइ तीन किलोमिटरको हुनेछ भनेसम्भाव्यता अध्ययनको सिलसिलामा करिब तीन करोड लागत लाग्ने अनुमान गरिएको छ। 

कार्यक्रमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी वडा नं १ का अध्यक्ष मधुसूदन तिमिलसेना, वडा नं ३ का अध्यक्ष कुवेर ढकाल, वडा नं ४ का अध्यक्ष कृष्णबहादुर पाख्रिन, वडा नं ५ का अध्यक्ष राजकुमार वाइवालगायत वडा तथा पालिका सदस्यका साथै स्थानीयको उपस्थिति थियो। रासस

प्रकाशित: Dec 27, 2022| 22:30 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।