बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनिवार्य तालिम लिन आग्रह

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनिवार्य तालिम लिन आग्रह

वैदेशिक रोजगारीमा जानेका लागि अभिमुखीकरण तालिम मापदण्डअनुसार सञ्चालन नभएको पाइएपछि विभागले यस्तो बताएको हो।
 |  मंगलबार, पुस १२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १२, २०७९

काठमाडौं– वैदेशिक रोजगार विभागले विदेश रोजगारीमा जाने श्रमिकले अनिवार्य अभिमुखीकरण तालिम लिनुपर्ने बताएको छ। वैदेशिक रोजगारीमा जानेका लागि अभिमुखीकरण तालिम मापदण्डअनुसार सञ्चालन नभएको पाइएपछि विभागले यस्तो बताएको हो।

National life

विभागले अभिमुखीकरण तालिम मापदण्डअनुसार सञ्चालन नभएको देखिएपछि देशका विभिन्न ठाउँमा रहेका तालिमप्रदायक संस्थामा अनुगमन गरेको थियो। काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा अनुगमन गर्दा मापदण्डअनुसार अभिमुखीकरण तालिम सञ्चालन नभएको पाइएको विभागले जनाएको छ। 

वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिनुपर्ने सरकारी नियम छ। सोहीअनुसार तालिम प्रदान गर्न विभागसँग अनुमति लिएर संस्थाले अभिमुखीकरण तालिम प्रदान गरिरहेका छन्।

अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ अनुसार तालिम सञ्चालन हुनुपर्ने भए पनि यसअनुसार नभएको पाइएको विभागको विज्ञप्तिमा उल्लेख छ। 

१५ दिनभित्र कार्यविधिले तोकेको मापदण्ड पूरा गरी विभागलाई जानकारी गराउन सबै अभिमुखीकरण तालिमप्रदायकलाई आह्वान गरेको छ। साथै, अभिमुखीकरण तालिमप्रदायक संस्थाको अनुगमन अबको केही समयभित्रै अनलाइनमार्फत सुरु गरिने विभागले स्पष्ट पारेको छ।

Shivam cement

प्रकाशित: Dec 27, 2022| 17:55 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्