शुक्रबार, फागुन २९, २०८२

पोलियोविरुद्धको खोप लगाउने समयावधि फेरबदल

एक वर्षमुनिका बालबालिकाका लागि पहिले ६ साता र १४ सातामा गरी दुई मात्रा दिने गरेकामा अब पहिलो मात्रा १४ साता र दोस्रो मात्रा ९ महिनामा लगाइनेछ।
 |  मंगलबार, पुस १२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १२, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोलियोविरुद्धको खोप ‘एफआईपिभी’ लगाउने समय परिवर्तन गरेको छ। मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले विज्ञको सल्लाहमै खोप लगाउने समयावधि परिवर्तन गरिएको जानकारी दिए।

उनका अनुसार एक वर्षमुनिका बालबालिकाका लागि पहिले ६ साता र १४ सातामा गरी दुई मात्रा दिने गरेकामा अब पहिलो मात्रा १४ साता र दोस्रो मात्रा ९ महिनामा लगाइनेछ। 

यस्तै एक वर्ष उमेरमा खोप लगाउन छुटेमा पाँच वर्षभित्रमा बालबालिकाले पनि लगाउन सकिने उनले बताए। उनका अनुसार पाँच वर्षभित्रमा बालबालिकाले चार महिनाको फरकमा दुई मात्रा खोप लगाउनेछन्।

प्रकाशित: Dec 27, 2022| 15:09 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्