सोमबार, साउन १२, २०८२

वायु प्रदूषणको मुख्य कारण गाडीले फ्याक्ने धुवाँ

विभागले धुवाँ नियन्त्रणका लागि उपत्यकामा गाडीहरूको प्रदूषण जाँचलाई कडाइ गरेको र त्यसपछि देशका अन्य मुख्य शहरमा पनि सवारी प्रदूषण जाँचको तयारीमा रहेको जनाएको छ।
 |  मंगलबार, पुस १२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १२, २०७९

vianetvianet

काठमाडौं- वन तथा वातावरण विभागले काठमाडौं उपत्यकामा वायु प्रदूषणको मुख्य कारण गाडीले फ्याक्ने धुवाँ रहेको जनाएको छ।

विभागले धुवाँ नियन्त्रणका लागि उपत्यकामा गाडीहरूको प्रदूषण जाँचलाई कडाइ गरेको र त्यसपछि देशका अन्य मुख्य शहरमा पनि सवारी प्रदूषण जाँचको तयारीमा रहेको जनाएको छ। 

प्रदूषण जाँचमा पास हुन नसक्ने गाडीलाई एक लाखसम्म जरिबाना गर्ने विभागले चेतावनी दिएको छ। कैफियत भेटिएमा वातावरण संरक्षण ऐन–२०७६ को दफा ४१को उपदफा–२ अनुसार जरिबाना हुने बताइएको छ। यही पुस १ गतेदेखि सुरु भएको प्रदूषण जाँच अभियानमा काठमाडौं उपत्यकामा चल्ने कम्तीमा पनि २८ भन्दा बढी गाडीलाई कारबाहीसहित जरिबाना गरिएको विभागले जनाएको छ। 

गाडीहरूले फ्याँक्ने धुवाँको अवस्थाबारे प्रदूषण जाँच गर्ने ‘स्मोक डेन्सिटीमिटर’मार्फत छड्के जाँच शुरु गर्ने गरिएको विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार प्रदूषण जाँचमा फेल भएका गाडीधनीलाई पाँच हजार जरिबाना तिराइएको र तीन दिनभित्र मर्मत गराएर पुनः परीक्षणका लागि विभागमा आउन भनिएको छ। 

उक्त जाँचमा काठमाडौं उपत्यकामा चल्ने गाडीहरूले फ्याँक्ने धुवाँको अवस्था खराब देखिएको बताइएको छ। ‘भाडामा चल्ने धेरै गाडी प्रदूषण जाँचमा फेल भएका छन्’, वातावरण विभागका प्रवक्ता पौडेलले भने, ‘विभागले विशेषगरी डिजलबाट चल्ने जिप, भ्यान, बसलगायतको परीक्षण गर्दै आएको छ, गाडी प्रदूषण पास नभएसम्म पटक–पटक जाँच गर्न लगाउनेछौँ।’

यसैगरी विभागले टोली बनाएर उपत्यकाका विभिन्न ठाउँमा गाडीहरूले फ्याँक्ने धुवाँको अवस्था बुझ्न छड्के जाँच पनि गरिरहेको छ। टोलीले प्रदूषण जाँच गर्ने ‘स्मोक डेन्सिटीमिटर’ मार्फत गाडीले फ्याँक्ने धुवाँको परीक्षण गर्दै आएको हो। छड्के जाँचमा प्रदूषण जाँचपासका रुपमा हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँचमा अनुत्तीर्ण हुने गाडीलाई जरिबाना गरिने जनाइएको छ।   -रासस


प्रकाशित: Dec 27, 2022| 20:00 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।