बिहीबार, जेठ २८, २०८३

बढ्दो चिसोमा महोत्तरीका किसानलाई कामको चटारो

गहुँबाली लगाउने, गोभी, खुर्सानी लगायत तरकारी बजार पुर्‍याउनुपर्ने र उखु क्रसिङको समय भएकाले किसानलाई खेतीपातीको काममा भ्याइँनभ्याइँको अवस्था छ।
 |  मंगलबार, पुस १२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १२, २०७९

महोत्तरी- मध्य पुसमा महोत्तरीमा अत्यधिक चिसो छ। चिसोबाट बच्न अनेकन उपाय खोजिरहँदा किसानलाई भने कामको चटारो छ।

National life

गहुँबाली लगाउने, गोभी, खुर्सानी लगायत तरकारी बजार पुर्‍याउनुपर्ने र उखु क्रसिङको समय भएकाले किसानलाई खेतीपातीको काममा भ्याइँनभ्याइँको अवस्था छ। 

अर्को सिजनका लागि तरकारी खेतीका लागि खनजोतको काम यसैबेला गर्नुपर्ने भएपछि किसानलाई एकपछि अर्को कामको चटारोले छोपेको हो। समय घर्कंदा बित्ने यी कामसँगै आउनै लागेको तिलासक्रायत (माघेसंक्रान्ति) पर्वको जोहोमा पनि लाग्नुपर्ने बाध्यता छ। यहाँका किसानहरू मध्य पुसको थरथरी कमाउने चिसोबीच आराम गर्न पाएका छैनन्।

‘खेतीपातीको कामलाई जाडो र गर्मीको छुट दिँदैन, समयमै गर्न परिहाल्छ, असरल्ल काम छ,’ भङ्गाहा–४ रामनगरका किसान अरुण गिरीले भने, ‘गोभी टिपेर आजै बजार लगिएन भने भोलिसम्म फूल फक्रेर कक्रक्क पर्छ तर चिसोले अलिक गाह्रो बनाएको छ।’ 

उनी यतिबेला उखु काट्ने, मुठा पार्ने र ट्रयाक्टरमा लोड गर्ने काममा पनि व्यस्त छन्।

Shivam cement

खेतीपातीका यी कामसँगै अहिले मधेश प्रदेशका प्राचीन मिथिला क्षेत्रका किसानलाई तिलासक्रायत पर्वको चटारोले पनि छोपेको छ। तिलासक्रायतका लागि चिउरा/मुरी बनाउन धान भिजाउने, उसिन्ने, कुट्ने काममा घरघरका गृहिणी लागेका छन्। 

त्यसैगरी तिल खेती गरेका किसान तिल झाँट्ने, निफन्ने काममा व्यस्त देखिन्छन्। पर्वमा चिउरा, मुरी र तिलका ‘लाई’ (लड्डु) बनाउन चाहिने सख्खरको जोहोका लागि कतिपय किसान आफैं धमाधम उखु पेलेर सक्खर पकाउन थालेका छन्। आफ्नो घरको पर्व सामग्रीको जोहो पनि हुने र यी सामग्रीले अहिले राम्रो भाउ पाउने भएपछि किसान जाडो नभनी काममा जुटेका हुन्। मिथिलामा माघ संक्रान्तिका दिन तिलासक्रायत पर्व मनाउने परम्परा छ।

प्रकाशित: Dec 27, 2022| 19:30 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्