आइतबार, साउन ३, २०८३

सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुन लागेको हो।
 |  मंगलबार, पुस १२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १२, २०७९

काठमाडौं– नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा परेको जबरजस्ती करणी मुुद्दाको सुनुवाइ आज हुँदै छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुन लागेको हो।

गत १४ कात्तिकमा १७ वर्षीया नाबालिगले दिएको जाहेरीका आधारमा प्रहरी प्रतिवेदनअनुसार सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा जबर्जस्ती करणीको मुद्दा दायर गरिएको थियो।

यसअघि १८ कात्तिकमा काठमाडौं जिल्ला अदालतले जबर्जस्ती करणी आरोप लागेका क्रिकेटर लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा पठाइएका लामिछानेको मुद्दामा आज पेशी चढेको हो।

प्रकाशित: Dec 27, 2022| 14:06 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।