शुक्रबार, वैशाख २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता दीनमणि पोखरेल सिफारिस

महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता दीनमणि पोखरेल सिफारिस

प्रचण्डले वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेललाई महान्यायाधिवक्तामा सिफारिस गरेका हुन्।
 |  मंगलबार, पुस १२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १२, २०७९

National life

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी निकट रहेका कानुन व्यवसायीलाई महान्यायाधिवक्तामा सिफारिस गरेका छन्। प्रचण्डले वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेललाई महान्यायाधिवक्तामा सिफारिस गरेका छन्। महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार हुने संवैधानिक व्यवस्था छ।

प्रधानमन्त्री प्रचण्डले पोखरेललाई महान्यायाधिवक्ता नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मंगलबार सिफारिस गरेका हुन्।

माओवादीसँग लामो समयसम्म घुलमिल रहेका पोखरेलले पहिलो पटक सरकारका तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी पाउन लागेका हुन्। यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारका महान्यायाधिवक्ता खम्म खातीले सोमबार पदबाट राजीनामा दिएका थिए।

प्रकाशित: Dec 27, 2022| 13:17 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।