बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नवनियुक्त प्रधानमन्त्री प्रचण्डसमक्ष सीएनआईले टक्र्यायो अर्थतन्त्र सुधार्ने सुझाव

नवनियुक्त प्रधानमन्त्री प्रचण्डसमक्ष सीएनआईले टक्र्यायो अर्थतन्त्र सुधार्ने सुझाव

परिसंघ अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री प्रचण्डसँग भेटेर संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति दिन तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबोटिङ नेप्लिज इकोनोमी’ अवधारणासमेत प्रधानमन्त्रीसमक्ष पेस गरेको हो।
 |  मंगलबार, पुस १२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १२, २०७९

काठमाडौं– नेपाल उद्योग परिसंघ (सीएनआई) ले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर चुनौतीपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रको सुधार नयाँ सरकारको पहिलो प्राथमिकता हुनुपर्ने सुझाएको छ । 

National life

मंगलबार विहान परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ प्रतिनिधिमण्डलले प्रधानमन्त्री प्रचण्डसँग भेटेर संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबोटिङ नेप्लिज इकोनोमी’ अवधारणासमेत प्रधानमन्त्रीसमक्ष पेस गरेको हो। 

परिसंघले नेपाली अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रवद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपायसमेत सुझाएको छ। परिसंघको यो सुझावलाई सरकारले उच्च प्राथमिकतामा राख्दै कार्यान्वयनमा लैजाने विश्वास अध्यक्ष अग्रवालले गरे। 

परिसंघको बधाइ एवं सुझाव ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रबाट यस्तै खाले सुझाव खोजेको बताए। ‘मैले निजी क्षेत्रबाट यस्तै अपेक्षा गरेको थिएँ। परिसंघले स्पष्ट रुपमा सुधारका योजना दिएको छ। यसका लागि परिसंघलाई धन्यवाद’, उनले भने । 

प्रधानमन्त्री प्रचण्डले सरकारको मुख्य ध्यान अर्थतन्त्र सुधार्नमै रहेको र यसका लागि परिसंघसँग सरकारले सहकार्य गर्ने बताए। ‘मन्त्रिपरिषद्को पहिलो बैठकबाटै हामीले अर्थतन्त्रलाई नै प्राथमिकतामा राखेका छौं। निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्नेछौं’, उनले भने। 

Shivam cement

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई परिसंघ अध्यक्ष, पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्ष निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, वीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, परिसंघ उद्योग समिति सभापति गोकुल भण्डारी, परिसंघका महानिर्देशक दीपकराज जोशीले पनि बधाइ तथा शुभकामना दिए।

प्रकाशित: Dec 27, 2022| 13:07 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्