शुक्रबार, फागुन २९, २०८२

रास्वपाबाट स्वास्थ्यमन्त्रीमा डाक्टरद्वय कार्कीको चर्चा

ललितपुर ३ बाट प्रत्यक्षमा निर्वाचित डा. तोसिमा कार्की र समानुपातिककी प्राडा. चन्दा कार्कीले स्वास्थ्य मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरेका हुन्।
 |  मंगलबार, पुस १२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १२, २०७९

काठमाडौं– नयाँ सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीले स्वास्थ्य मन्त्रालयमा दाबी गरेको छ। तर अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हालिरहेका छन्।

National life

स्वतन्त्रले दाबी गरे पनि हालसम्म कसलाई पठाउने भन्ने टुंगो लागिनसकेको राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले बताए। रास्वपाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दाबी गरेसँगै चिकित्सक स्वास्थ्यमन्त्री पाउने सम्भावना बढेको छ। स्वास्थ्य मन्त्रालयमा रास्वपाबाट दुई जनाको नाम अगाडि छ। ललितपुर ३ बाट प्रत्यक्षमा निर्वाचित डा. तोसिमा कार्की र समानुपातिककी प्राडा. चन्दा कार्कीको चर्चा छ। स्रोतका अनुसार रास्वपाले स्वास्थ्य मन्त्रालय पाए दुई कार्कीमध्ये एक जनालाई जिम्मा दिनेछ। 

डा. तोसिमा कार्कीले ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा निवर्तमान ऊर्जामन्त्री तथा माओवादी केन्द्रकी नेतृ पम्फा भुसाललाई पराजित गरेर ललितपुर ३ विजयी भएकी थिइन्। डा. तोसिमा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको आन्दोलनदेखि चर्चामा आएकी हुन्।

तोसिमाले आफू प्रत्यक्ष चुनाव जितेकाले मन्त्री हुनुपर्ने दाबी गरेकी छिन्। 

त्यस्तै, समानुपातिककी सांसद प्राडा. चन्दा कार्कीले पनि अनुभवका हिसाबले स्वास्थ्यमा आफ्नो उपस्थिति आवश्यक भएको दाबी गर्छिन्। ‘डा. चन्दा कार्कीको विगत कांग्रेससँग जोडिएको र समानुपातिक सांसद भएकाले पनि उनीभन्दा तोसिमाको नाम अगाडि देखिएको छ’, रास्वपाका एक सांसदले भने। 

Laxmi sunrise bank
kumari

६३ वर्षीया डा.चन्दालाई रास्वपाले खसआर्य महिलातर्फ समानुपातिकमा पहिलो नम्बरमा राखेको थियो। उनी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन्। उनी काठमाडौं मेडिकल कलेजको पूर्वसिईओसमेत हुन्। उनले बीएन्डबी अस्पतालमा समेत काम गरेकी थिइन्।

दुई कार्कीसँगै समानुपातिकबाटै सांसद बनेका डा.ढाकाकुमार श्रेष्ठले पनि दाबी गरेका छन्। कास्कीका ढाकाकुमार चिकित्सक हुन्। उनलाई रास्वपाले समानुपातिकतर्फ सांसद बनाएको हो। उनले क्षेत्रीय अस्पताल पोखरामा समेत काम  गरेका थिए। 

‘तर हाल मन्त्रालयको टुंगो लागिसकेको छैन। मन्त्रालय टुंगो लागेपछि तीन जना आकांक्षी भएकाले भोटिङ हुन सक्छ। अहिले नै को स्वास्थ्यमन्त्री बन्छ भन्न सकिँदैन’, रास्वपाका एक सांसदले भने।

प्रकाशित: Dec 27, 2022| 12:08 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्